जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाईने



दाङ,१० जेठ । पत्रकार महासंघ दाङको बैठक विहिवार घोराही सम्पन्न भएको छ । बैठकले यही जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृती दिवस मनाउँने भएको छ ।नेपाल पत्रकार महासंघ दाङ शाखाको १५ औं नियमित बैठक शाखा अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता एवं सल्लाहकार सुदीप गौतमको आतिथ्यतामा बसी लिईएका आवश्यक निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।नेपाल पत्रकार महासंघ दाङ,प्रेस सेन्टर नेपाल र अखिल नेपाल जनसाँस्कृतिक महासंघको संयुक्त आयोजनामा स्मृति दिवस मनाउँने भएको हो ।

कृष्ण सेन इच्छुक स्मृती पुरस्कार तथा चिन्तामणी — जमुना स्मृती पुरस्कारका लागि प्रतिभा छनौट गर्न शाखा अध्यक्ष सबिन प्रियासनको संयोजकत्वमा , उपाध्यक्ष लिला शाह र सचिव भुपेन्द्र वली रहेको छनौट समिति गठन गरिएको छ । पुरस्कार ज्येष्ठ १३ गते आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।
यसैविच घोराही उपमहानगरपालिकाद्धारा अक्षय कोष स्थापनाका लागि प्राप्त रकम रु. ३ लाख यस शाखाको २०७२ सालमा सम्पन्न साधारणसभा बाट पारित ‘ पत्रकार कल्याणकोष सञ्चालन निर्देशिका २०७२ बमोजिम सञ्चालन एवं व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।बैठक पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्