विद्धुत कार्यालयमा धर्ना



दाङ, १० जेठ तुलसीपुर क्षेत्रमा भएको विद्युत अनियमितताको मार खेप्दै आई रहेका स्थानियहरु विहीवार तुलसीपुर स्थित विद्युत कार्यालयमा पुगेर धर्ना दिएका छन । उनीहरुले नेपाल विद्युत प्राधिकरण शाखा तुलसीपुरले विना जानकारी विद्युत कटौति र आन्तरिक लोडसेडिङ मनोमानि तरिकाले गरेको भन्दै २४ घण्टा भित्र नियमित सेवा सुधार गर्न एक हप्ता भित्र विद्युत कार्यालयवाट प्रदान हुने सबै सेवाहरु सुधार गर्न ज्ञापनपत्र समेत बुझाएका छन ।


तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतको नेतृत्वमा ठुलो संख्यामा विद्युत कार्यालय पुगेका स्थानिय उद्योगी ,ब्यापारी,पत्रकार, नागरिक अगुवा, पेशाकर्मी र स्वतःस्फुर्त सहभागी भएका स्थानियहरुले विद्युत कार्यालयले गरेको अन्यायका वारेमा समेत आफ्ना भनाईहरु राखेका थिए । ज्ञापनपत्र बुझाउदै तुलसीपुर उद्योग वाणिज्य संघका रावतले अनियमितता र लापरवाहीका कारण सबै क्षेत्र प्रभावित भएको भन्दै कडा शब्दमा ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले विद्युत कार्यालयले आफ्ना सेवा र आनीबानी सुधार नगरे चरणवद्ध आन्दोलन थाल्ने समेत बताउनु भयो ।

सो अवसरमा निर्वतमान अध्यक्ष विमल रिजालले विद्युत कार्यालयको लापरवाहीका कारण भएको क्षेतीपुर्ति समेत कार्यालयले ब्यहोर्नु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधीहरुले आम जनताको चासो र समस्याका बारेमा वास्ता नदिए पछि निजि क्षेत्रले ब्यवसायीका पक्षमा आवाज उठाउन लागेको बताउनु भयो । उहाँले कर्मचारीहरुले सेवाग्राहीलाई सम्मान गर्न समेत आग्रह गर्नुभएको छ । सो अवसरमा रिर्पाेर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले विद्युत कार्यालयले गर्ने कामका बारेमा नागरिकहरुले समयमै सुचना पाउनु पर्र्नेे बताउनु भयो ।

उहाँले विना जानकारी दिनभरी विद्युत सेवा प्रभावित हुदाँ नागरिकहरु अन्योलमा पर्ने बातावरणको अत्य गर्नुपर्ने बताउनु भयो । सो अवसरमा ब्यवसायीहरु अनुप कुमार श्रेष्ठ, नरेशराज भण्डारी, कुशल तर्ताल, श्याम घले, रुप बहादुर खत्री,तुलसीपुर जेसीजका अध्यक्ष दिपेश भण्डारी, रोट्रयाक क्लवका अध्यक्ष सचिन पौडेल लगाएतले लो भोल्टेज, आन्तरिक लोडसेडिङ लगाएत अन्य सेवा सुधार गर्न कार्यालयलाई आग्रह गरेका थिए । सो अवसरमा विद्युत कार्यालयका निमित्त वितरण केन्द्र प्रमुख पुष्पराज मल्लले विभिन्न प्राविधिक कारणले गर्दा समस्या उत्पन्न भएको बताउनु भयो उहाले घोराहीवाट आउने ३३ केभि प्रसारण लाईनमा सामस्या रहेको र तुलसीपुरमा रहेका ट्रान्र्फमर विग्रिएका कारण थप समस्या पैदा भएको जानकारी दिनु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्