सडक स्तरोनतीको माग



सैघाली खबर
दाङ, १० जेठ । बजार विकास र सवारी साधनहरुको बढ्दो चाप संगै साधुरो बन्दै गइरहेका घोराहीको गुम्रहा चोक देखी आर्मी व्यारेक सम्मको साढे एक किलो सडकको स्तरोन्नतीको माग गरिएको छ ।

साँधुरो सडकका कारण पैदलयात्रु देखी स्थानीयहरु सम्मले धेरै जोखिम मोल्नु परिहेकाले आगामी आर्थिक वर्षमा विशेष प्राथामिक्ताका साथ सडक स्तरोन्नती गर्न माग गरिएको हो ।

बजार क्षेत्र भित्रका अन्इ सडकहरु मर्मत सम्भार र स्तरोन्नती काम भइरहे पनि उक्त सडकको न मर्मत सम्भार न स्तरोन्नती भएकाले तत्काल उपमहानगरपालिकाले त्यसको स्तरोन्नती गर्न स्थानीयहरुले माग रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषाल , हस्पिटल टोल विकास संस्थाका अध्यक्ष चित्राकान्त आचार्य, गौतमनगर टोल विकास संस्थाका अध्यक्ष नुमानन्द आचार्य, पिपलवोट टोल विकास संस्थाका अध्यक्ष चन्द्रमणि गौतम लगायतको टोली घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै उपप्रमुख न्यौपाने उपमहानगसपालिको पूर्वाधार विशेष योजना अन्र्तगत साढे एक किलोमिटर सडकको स्तरोन्नती गरिने विश्वास व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्