चोकै पिच्छे शौचालय



गिरिराज नेपाली
दाङ, १० जेठ । बजार क्षेत्रमा सार्वजानिक शौचालय नहुदा कामकाजका लागि बजार आउने सर्वसाधरणहरु शौच गर्नकै लागि होटेलमा केही न केही किनेर खानुपर्ने वा आफन्त घर कोठामा जानुपर्ने वाध्यता छ । जसले गर्दा सर्वसाधरणहरुले बजारमा शौच गर्न निकै सकस भोग्नु परेको छ । घोेराही उपमहानगरालिकाले यही वाध्यतालाई हटाउने उद्देश्यका साथ घोराही बजारको मुख्य तीन वटा चोकमा सार्वजानिक शौचालय निर्माण कार्य अघि सारेको छ । बजारको मुख्य–मुख्य चोकहरुमा शौचालय निर्माण वारे आवश्यक तयारी भइरहेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपाने बताउनुभयो ।

रझेना चोक र तुलसीपुर चोकमा शौचालय निर्माण वारे सरोकारवालाहरु संग छलफल भइरहेको छ । भने दामोदर चोकमा निर्माणाधिन शौचालयको काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । जसले गर्दा सर्वसाधरणहरु लाई केही राहात मिल्ने उहाँको भनाई छ । चार चोकमा चार शौचालय निर्माण पश्चात्त घोराही उपमहानगरपालिका अझै सुन्दर उपमहानगरपालिकाका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

सार्वजानिक शौचालय पर्याप्त हुन नसक्दा दाङवासी मात्रै होईन दाङ हुदै वाहिरीने र भित्रने यात्रुहरुलाई निकै अप्ठेरो परेको उहाँले बताउनुभयो । वसपार्क र ट्राफिक चोकमा सार्वजानिक शौचालय रहे पनि आम आम नागरिक त्यसको पहुचमा पुग्न नसक्दा होटेल तथा अन्य आफन्त कहाँ जानुपर्ने वाध्यता रहेकाले अब उपमहानगरपालिकाले त्यही वाध्यता लाई केही हद सम्म समाधान गर्ने प्रयासमा रहेको उहाँको भनाई छ । वजार क्षेत्रमा सार्वजानिक शौचालय अति आवश्यक रहेकाले उपमहानगरपालिकाले त्यसको व्यवस्थापनकाको प्रयास गरीरहेको बताउनुभयो ।

उहाँले हाल घोराही उपमहानगरपालिकाले सञ्चालन गरेका ट्राफिक चोकको शौचालय नमूना शौचालयका रुपमा सञ्चालन भइरहेका बताउनुभयो । आम नागरिक लाई सेवा संगै उपमहानगरपालिका लाई मासिक आम्दानी पनि दिदै आइरहेको उहाँको भनाई छ । सार्वजानिक शौचालयले मासिक ५ हजार रुपैया उपमहानगरपालिका आम्दानी दिने गरेको जानकारी दिनुभयो ।

आम सर्वसाधरणहरुको सहजताका लागि घोराही उपमहानगरपालिकाले घुम्ती शौचालय सञ्चालन गरे पनि त्यो खासै प्रभावकारी हुन नसक्दा उपमहानगरपालिकाले तिव्रताका साथ सार्वजानिक शौचालयमा निर्माणको काम सुचारु गरीरहेको उहाँले बताउनुभयो ।

दामोदर चोकमा निर्माणाधिन शौचालय अब केही दिनमा सञ्चालन हुने तयारी रहेको छ । घोराही उपहानगरपालिकाका सदस्य दिलिप कुमार डिसीले १४ र १५ नम्वर वडालाई लक्षित गर्दै बालमन्दिर विद्यालयको जग्गामा शौचालय निर्माण गरी आम नागरिकहरुलाई सेवा पु¥याउने उद्देश्य राखिएको बताउनुभयो । वाल, अपाङ र महिलामैत्री आधुनिक शौचालय निर्माण गरीएकाले सवैले सहज यसको उपयोग गर्न सकेन उहाँले बताउनुभयो । २३ लाखको लागतमा १४कोठे शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । डिसीले केही दिनमै निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने तयारी गरीरहेको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्