विपन्न वृद्धवृद्धाहरु न्यानो कपडा वितरण



सैघाली खबर
दाङ, १० जेठ । घोराही उपमहानगरपालिका सहयोग तथा जेष्ठ नागरिक जिल्ला संघ घोराही उपमहानगरपालिका वडा नं. ६ ईकाई समितिको संयोजनमा विपन्न वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

संघका ईकाई अध्यक्ष बेदुराम भण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रेव वहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवं जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेका विशिष्ट आतिथ्यतामा वडा नं. ६ फचकपुरका १२ जना विपन्न वृद्धबृद्धाहरुलाई न्यानो कपडा कम्मल वितरण गरिएको हो ।

उक्त कार्यक्रममा वडा नंं ६ का वडा सदस्य द्वय केशवराज डिसी र कुन्ता सिजवाल, जेष्ठ नागरिक जिल्ला संघका सल्लाहाकार एकराज शर्मा र पूर्व अध्यक्ष अमरराज डाँगी लगाएतका मन्तव्य राख्नुभएको थियो । साहित्यकार नगेन्द्र गुरुको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण लोकराज चौधरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्