सम्झौता अनुसार काम नगर्ने दुई निर्माण व्यावसायी पक्राउ



दाङ, जेठ १० । सम्झौता अनुसार काम नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यावसयीलाई प्रहरीले पक्राउ गरेको छ । निर्माण व्यावासायी पदम शर्मा र प्रकाश महतरालाई प्रहरीले पक्राउ गरेको हो ।२०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको फोर लेन सडक निर्माणको जिम्मा पाएका दुई निर्माण ब्यवसायीलाई प्रहरीले बिहिवार पक्राउ गरेको हो ।दाङका प्रहरी प्रमुख दुर्गा सिंहले सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण दुवैलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । शर्मालाई घोराही र महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको सिंहले जानकारी दिनुभयो । यसबारेमा छलफल भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिह चन्दले जानकारी दिनुभयो ।

२०७१ भदौ ११ गतेदेखी निर्माण शुरु गरेको कान्छाराम शंकरमाली जेभीले सडक विस्तारका लागि ३ पटक म्याद थप गर्दा समेत निर्माण सम्पन्न गर्न सकेको थिएन ।
सडक निर्माणमा चरम लापरवाही देखाएको ंकान्छाराम शंकर मालि निर्माण सेवाको हो । ठेकेदार पदम शर्माले सो सडक निर्माणमा कुनै चासो दिएका थिएनन ।११ करोड, ६४ लाख, १२ हजार, ६ सय ५३ रुपैया मध्ये कम्पनीले ६ करोड, १५ लाख, ५८ हजार, ९ सय, ६८ रुपैया भुक्तान दिइसकेको जानकारी दिनुभयो । तर अझै काम सम्पन्न हुन नसक्दा कार्यालय अलमलमा परेका उहाँले बताउनुभयो । कान्छाराम शंकरमालि जेभीले पेटी ठेकेदार मार्फत काम गराईरहेकाले चार लेन सडक अपुरै अवस्थामा अल्झीरहेकाले उहाँले बताउनुभयो ।

तर सम्झौता तोड्नका लागि निर्माण कम्पनीलाई पत्राचार गरेकाले पेटी ठेकेदार मार्फत नभई कम्पनी आफैले यही वैशाख १० गते सम्मका लागि निर्माण गर्ने प्रतिवद्धता जनाएकाले सम्झौता तोड्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – अब दुईदिन भित्र काम शुरु नगरे सम्झौता तोड्ने प्रक्रियामा शुरु गर्न वाध्य हुने छौ । अलपत्र अवस्थामा थन्किएको चार लेन सडक विस्तारको काम वैशाख मसान्त सम्मका सम्पन्न गर्ने गरी निर्माणको काम तिव्रताका साथ निर्माणको सञ्चालन गरिने कान्छाराम शंकरमालि जेभीका पूर्ण तामाङले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्