चुरे विनाशबाट मरुभूमीकरणको खतरा छ तर सरकार उदासिन देखियो: उपेन्द्र यादव



 राजविराज, ११  जेठ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताएका छन  ।

सप्तरीको राजविराजमा  बिहिबार पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी समस्या आउने देखिए पनि सरकार गम्भीर नदेखिएको आरोप लगाए  ।

बढ्दो चुरेको विनाश र नदी नियन्त्रणमा केन्द्र सरकारले नै ध्यान दिनु आवश्यक रहेको औँल्याउदै अध्यक्ष यादवले तराई–मधेश मरुभूमि भए देशले नै ठूलो मूल्य चुकाउनुपर्ने बताए  ।

मधेशीलाई अझै पनि बराबरीको अधिकार प्राप्त नभएको बताउँदै उनले  संविधान संशोधन गरी त्यसलाई सच्याउन माग गरे  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्