जेठ २५ गतेदेखि घोराहीमा मेयर कप फुडबल प्रतियोगीता हुने



सैघाली खबर
दाङ,११ जेठ
घोराहीमा यहि जेठ २५ गतेदेखि नगरस्तरीय रनिङ मेयरकप फुडबल प्रतियोगीता हुने भएको छ । घोराही उपमहानगरपालिकाको २८ औं कार्यपालिकाको बैंठकले यहि जेठ २५ गतेदेखि घोराहीमा घोराही नगरस्तरीय रनिङ मेयरकप फुटबल खेल सञ्चालन गर्ने निर्णय गरेको छ । नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता बसेको बैठकले । घोराही उपमहानगरपालिका भित्रका फुटबल खेलका संरचनाहरु विकास गरी फुटबल खेलाडीहरुमा रहेको प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्येश्यका साथ खेलको आयोजना गर्ने निर्णय गरेको हो ।

वडानम्वर ७ का संयोजक खोपीराम चौधरीको संयोजकत्वमा वडानम्वर २ का अध्यक्ष केशव आचार्य, वडानम्वर १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडानम्वर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे ,१६ का अध्यक्ष लछिनप्रसाद बुढामगर र कार्यपालिका सदस्य माया रावत रहेको समिती गठन भएको छ ।
बैठकले नेत्रलाल फाउन्डेसनको भवन निमार्णका लागी संस्कृृति पर्यटन तथा नागरीक उडुय्यन मन्त्रालयबाट ४० लाख रुपैंया प्राप्त भएको र घोराही उपमाहानगरपालिकाको १६ तेरौटेमा २२ कट्टाको सरकारी जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ । बैठकले माध्यामीक विद्यालय डाँडागाउँ गोग्लीमा शैक्षिक अवस्था सुधारका लागी आवश्यक उपकणरहरु कम्प्यूटर ,ल्यापटप , प्रिन्टर , खरिद गर्न ५ लाख बराबरको उपकरणहरु उपलब्ध गराउने निर्णय भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्