खेलकुद

जेठ २५ गतेदेखि घोराहीमा मेयर कप फुडबल प्रतियोगीता हुने

By थाहा अनलाइन

May 25, 2018

सैघाली खबर दाङ,११ जेठ घोराहीमा यहि जेठ २५ गतेदेखि नगरस्तरीय रनिङ मेयरकप फुडबल प्रतियोगीता हुने भएको छ । घोराही उपमहानगरपालिकाको २८ औं कार्यपालिकाको बैंठकले यहि जेठ २५ गतेदेखि घोराहीमा घोराही नगरस्तरीय रनिङ मेयरकप फुटबल खेल सञ्चालन गर्ने निर्णय गरेको छ । नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता बसेको बैठकले । घोराही उपमहानगरपालिका भित्रका फुटबल खेलका संरचनाहरु विकास गरी फुटबल खेलाडीहरुमा रहेको प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्येश्यका साथ खेलको आयोजना गर्ने निर्णय गरेको हो ।

वडानम्वर ७ का संयोजक खोपीराम चौधरीको संयोजकत्वमा वडानम्वर २ का अध्यक्ष केशव आचार्य, वडानम्वर १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडानम्वर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे ,१६ का अध्यक्ष लछिनप्रसाद बुढामगर र कार्यपालिका सदस्य माया रावत रहेको समिती गठन भएको छ । बैठकले नेत्रलाल फाउन्डेसनको भवन निमार्णका लागी संस्कृृति पर्यटन तथा नागरीक उडुय्यन मन्त्रालयबाट ४० लाख रुपैंया प्राप्त भएको र घोराही उपमाहानगरपालिकाको १६ तेरौटेमा २२ कट्टाको सरकारी जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ । बैठकले माध्यामीक विद्यालय डाँडागाउँ गोग्लीमा शैक्षिक अवस्था सुधारका लागी आवश्यक उपकणरहरु कम्प्यूटर ,ल्यापटप , प्रिन्टर , खरिद गर्न ५ लाख बराबरको उपकरणहरु उपलब्ध गराउने निर्णय भएको छ ।