घाँसे मैदानमा परिणत नहुनेगरि राष्ट्रिय विमानस्थल नीति ल्याइने छ: रवीन्द्र अधिकारी



काठमाडौँ, १० जेठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएका छन् ।

मन्त्री अधिकारीले बिहीबार पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिएका हुन् ।

उनले कतिपय जिल्लामा राजीतिक प्रभाव र उत्साहका कारण विमानस्थल खोलिने तर पछि विमान उड्ने पर्याप्त वातावरण, यात्रुको अभाव र विमानस्थल घाँसे मैदानमा परिणत हुने अवस्थाको अन्त्य हुने गरी नीति ल्याइने बताए। उनले नेपाल वायुसेवाको प्रभावकारिताका लागि पनि आफूले काम गरिरहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्