घट्दै प्रसुति सेवा लिने महिला



ललितपुर, ११ जेठ

सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए। अस्पतालमा अहिले सामान्य बाहेक अरु सेवा छैन ।

अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण छैन । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागु भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ ।
उनीभन्छन्, “जनशक्तिको कमीले गर्दा हामीले गर्न गाह्रो भएको छ ।” अस्पतालमा जम्मा सातजना मात्रै कर्मचारी रहेका छन् ।

प्रत्येक महिना १६÷१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । यो संख्या चार÷पाँच वर्ष पहिलेभन्दा कम हो । पहिले महिनामा ३५ जनासम्म महिलाले यहाँ प्रसुति सेवा लिएका थिए । सबै खालका सेवा आफूसँग नहुँदा जोखिम लिन नसकिने श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, “भ्याकुम नै गरेर बच्चा निकाल्नु पर्दा पनि हामीसँग उपकरण छैन ।” जिल्ला अस्पतालको निर्णय भए पनि सीमित बाहेक कर्मचारी र स्रोत आइसकेको छैन ।

पहिले भएको एम्बुलेन्स समेत सञ्चालन गर्न नसक्दा त्यसको असर सबै खालका सेवासँगै प्रसूति सेवामा समेत परेको अस्पतालले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्