मुख्य समाचार

टिप्परको ठक्कर बाट एक महिला गम्भीर घाईते

By थाहा अनलाइन

May 25, 2018

सैघाली खबर दाङ, ११ जेठ टिप्परले स्कुटीलाई ठक्कर दिदा तुलसीपुरमा एक महिला गम्भीर घाईते भएकि छिन । घाइते हुनेमा स्कुटी चालक तुलसीपुर ३ दमारगाउ निवासि टिना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको अहिले अञ्चल अस्पतालमा उपचार भैरहेको छ । तुलसीपुरको जेसिज चौकमा रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई आज विहान ठक्कर दिएको डिएसपी प्रकाश सापकोटाले बताए । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएपी सापकोटाले बताए