भारतको तामिल नाडुमा मृत्यु हुनेको संख्या १३ पुग्यो



टुटिकोरिन, भारत

भारतमा सरकारले हानेको गोली लागेर मुत्यु हुने किसानहरुको संख्या १३ पुगेको छ ।

दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको हो। तामाखानी बन्द गर्नु पर्ने माग राखेर त्यहाँ किसानहरुले विगत ३ महिनादेखी प्रदर्शन गर्दै आएका छन् ।

वस्ती नजिक सञ्चालनमा रहेको सो खानीबाट आफ्नो स्वास्थ्यमा खराव असर गारेको भन्दै बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन ।

तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

स्थानीय नागरिकले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ ।

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धी समस्या आएको बताएका छन् । उनीहरूले अस्पताल भर्ना भै उपचार गराउनु पर्ने सम्मको प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने माग गरेका छन् ।

विगत तीन महिनादेखि जारी आन्दोलनमा विगत केही दिनदेखि जनसहभागीता एकाएक बढेर स्थिति असामान्य बनेको छ । सिन्ह्वा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्