स्मार्ट विद्यालयका लागि मावि डाँडाँगाउँ गोग्लीमा शैक्षिक तथा धार्मिक महोत्सब



सैघाली खबर
दाङ, ११ जेठ

घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा रहेको मावि डाँडागाउँ गोग्लीलाई स्मार्ट विद्यालय निमाणार्थ आयोजना गरीएको शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी तिव्र पारिएको छ । यहि जेठ १५ देखि २२ गतेसम्म सञ्चालन हुने घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी चलिरहेको छ ।

२००८ सालमा स्थापना भएको विद्यालय अहिले कक्षा १२ सम्म सञ्चालनमा छ । सामुदायीक विद्यालयमा प्राविधिक शिक्षाका लागि जोड दिईरहेको मावि डाँडागाउँ गोग्लीले आबस्यक पुर्वाधार तथा संरचनाहरु निर्माण गरेर नमुना विद्यालय बनाउने उदेश्य सहित घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को आयोजना गर्न थालिएको विद्यालयका प्रधानाध्यापक सतिश आचार्यले बताउनुभयो । सात दिन सम्म कथाबाचकको रुपमा माधुर्यबाचक बालकृष्ण अर्याल र गोविन्दशरण महाराज आउने विद्यालय व्यवस्थापन समितिका संयोजक लोकराज पौडेलले बताउनुभयो ।

महोत्सब सुरु हुन अब केहि दिन मात्र बाकि रहँदा महोत्सबका लागि चाहिने आबस्यक पुर्वाधारहरु निर्माणको कार्य चलिरहेको छ भने प्रचारप्रसार समेत भैरहेको छ । महोत्सबलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरीएको छ । खुशलराम शर्माको संयोजकत्वमा घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ मुल आयोजक समिति निर्माण गरीएको छ ।

यस्तै मुल आयोजक समितिका कोषाध्यक्ष निर्मल कुमार शर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, माधवप्रसाद शर्माको संयोजकत्वमा मण्डप व्यवस्थापन उपसमिति, कृष्ण आचार्यको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, बच्चुलाल चौधरीको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन उपसमिति, सतिस आचार्यको संयोजकत्वमा सचिबालय व्यवस्थापन उपसमिति, नवीन अभिलाषीको संयोजकत्वमा प्रचारप्रसार तथा उद्घोषण व्यवस्थापन उपसमिति, भोलानाथ अधिकारीको संयोजकत्वमा दाता अतिथी सम्मान उपसमिति, डम्बादेवि पौडेलको संयोजकत्वमा फूलमाला टिका प्रसाद व्यवस्थापन उपसमिति, दिवाकर शर्माको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति र रामविर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन तथा व्यवस्थापन उपसमिति निर्माण गरीएको छ ।

प्रत्येक दिन विहान ७ बजे देखि पुजाअर्चना तथा पाठ पारायण, प्रत्येक दिन विहान १० बजे देखि ४ बजे सम्म कथा, प्रबचन, झाँकी प्रर्दशन, प्रत्येक दिन बेलुकी ७ बजे देखि १० बजे सम्म झाँकि, कथा प्रबचन, भजनकृतन, र प्रत्येक दिन विहान ६ बजे देखि बेलुकी ७ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चना तथा परिक्रमा कार्यक्रमहरु हुने महोत्सब मुल आयोजक समितिले बताएको छ । महायज्ञमा सहस्र शालिग्राम पुजा अर्चना, विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन, श्रीमदभागवत कथा प्रबचन, गौदान, रुद्रिपाठ, कलशयात्रा, तुलादान, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ति, लाखबत्ती प्रज्ज्वलन, महालक्ष्मिको पुजा, विवाह लगाएत धार्मिक पुजा सामग्री पुस्तक एब शैक्षिक सामग्री प्रर्दशनी समेत हुने आयोजकले बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्