पीडितलाई मिल्यो खुशी



कृष्णसेन पत्रकारिता पुरस्कार पीडितलाई

सैघाली खबर

दाङ ११ जेठ । प्रेस सेन्टर, दाङले यसवर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार केएल पीडितलाई प्रदान गर्ने भएको छ ।आज विहान बसेको प्रेस सेन्टर दाङको पदाधिकारी बैठकले दुई दशक देखि पत्रकारीतामा कृयाशिल नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत रहेका पीडितलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सेन्टर दाङका सचिव पाण्डव शर्माले जानकारी दिए ।

 

बैठकले जेठ १३ गते कृष्ण सेन स्मृति दिवश नेपाल पत्रकार महासंघ दाङ र अखिल नेपाल जनसांस्कृति महासंघसँग संयुक्त रुपमा मनाउने निर्णय गरेको छ ।संगठनको तर्फबाट कार्यक्रमको व्यवस्थापन तथा समन्वयनको जिम्मा सचिव पाण्डव शर्मालाई दिने निर्णय गरिएको छ । बैठक सेन्टर दाङका कार्यबाहक अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्