प्रहरी कार्यालयको क्यान्टिनमै भेटियो महिलाको शव ।।



सैघाली खबर/बर्दिया, ११ जेठ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा महिलाको शव भेटिएको छ । गएराति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिइ । उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ ।

घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्ने गरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्