टिप्परको ठक्करबाट घाईते टीनालाई हेलिकप्टरबाट काठमाण्डौ लगियो



सैघाली खबर,
दाङ,११ जेठ।
तुलसीपुरमा आज शुक्रबार बिहान टिप्परको ठक्करबाट गम्भीर घाईते भएकी महिलाको थप उपचार लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । बिहान ठिक ११ बजे हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।

साँढे ६ बजेतिर रा १ क ५८३ नम्वरको टिप्परले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ बेलुवा बस्ने बर्ष २४ की टीना केसी सवार रा ३ प २५३३ नम्वरको स्कुटमा ठक्कर दिएको थियो ।

तुलसीपुरको जेसीजचौकमा टीप्परको ठक्करबाट उक्त स्कुटमा सवार टीनाको पेटमा गहिरो चोट लागेको छ ।

उहाँको बिहान साँढे १० बजेसम्म राप्ती अञ्चल अस्पतालमा प्रारम्भीक उपचार गरिएको छ । थप उपचारका लागि काठमाण्डौ पठाउनुपर्ने भएकाले हेलिकप्टर ल्याईएको हो ।

सोही हेलिकप्टरबाट राजधानी काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रोसीत भिडलाई नियन्त्रण गर्न केही बेर वल प्रयोग समेत गर्नुपरेको थियो । चालक र टिप्पर प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्