‘गोरे’को बयानका आधारमा तत्कालिन एमाले कार्यकर्ता पक्राउ ।।



सैघाली खबर/विराटनगर, ११ जेठ।
साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी–५ का रेवत आचार्यलार्ई गएराति पक्राउ गरेको हो । उनी तत्कालिन एमाले कार्यकर्ता हुन् । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उर्लाबारीमा आचार्यको सुन पसल छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा कुनै जानकारी दिएको छैन । मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् । यसैबीच, मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ को बयान आज पनि लिने भएको छ । लगातार दुई दिनसम्म गोरेसँग लिइएको बयान नसकिएपछि शुक्रबार पनि लिन लागिएको हो ।

अदालतले गोरेसँग हिजो साढे ५ घण्टा बयान लिएको थियो । गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ । बयानमा उनले केही ठूला ब्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्