अन्तर्राष्ट्रिय

फिफाले सार्वजनिक गरेको विश्वकपको आधिकारिक गीत ।। (भिडियो)

By थाहा अनलाइन

May 25, 2018

सैघाली खबर/११ जेठ फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप’ नाम रहेको यो गीत डिप्लोले निर्माण गरेका हुन् । उनले सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा सकिराले गाएको वाका वाका र सन् २०१४ मा पिटबुलले गाएको ओले ओलाको छनक रसिया विश्वकपको अफिसियल गीतमा पनि दिएका छन् । यो गीतलाई फिफाले यूट्युब, एप्पल म्युजिक, आईटुन, गुगलप्ले र स्पोटिफाइबाट एकैपटक सार्वजनिक गरेको हो ।।