शिवु खनाल
दाङ ११ जेठ । लमही नगरपालिका – १ सुन्डबरीमा सुचना तथा मौलिक हक सम्वन्धी दुईदिने अभिमुखीकरण तालिम शुरु भएको छ ।
लमही नगरपालिका वडा नं. १ को वडा आर्थिक सहयोगमा र नेपाल वातावण संरक्षण तथा जनचेतना केन्द्रकोे आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको प्रशिक्षकमा रेडियो नयाँँ युग एफ.एफ.का स्टेशन म्यानेजर दिवाकर पोख्रेल रहनुभएको छ ।
तालिममा सुचना तथा मौलिक हक सम्वन्धी प्रशिक्षण दिइने छ । तालिममा ३ वटा विद्यालयका ७७ जना छात्रछात्राहरुको सहभागी रहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।