बेच्न राखिएको मासुमै बर्डफ्लू भएको पुष्टि भएपछि ……….



सैघाली खबर, चितवन, ११ जेठ।
चितवनमा पसलमा बेच्न राखिएको कुखुराको मासुमै बर्डफ्लू संक्रमणको पुष्टि भएको छ । भरतपुर महानगरपालिका–२ को बालकुमारी सब्जीमन्डीमा बिक्रीका लागि राखिएका १० ओटा मासु पसलबाट १२ ओटा नमुना संकलन गरी परीक्षण गर्दा एउटामा बर्डफ्लू देखिएको हो ।

सोही सब्जीमन्डीमा राखिएका जिउँदो कुखुरामा पनि बर्डफ्लू फेलापरेको र दुवै स्थानका हाँस तथा कुखुरा शुक्रबार चिकित्सकसहितको टोलीले नस्ट गरेको जनाइएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–६, देवनगरस्थित मयुरी कटेजमा पालिएका हाँस तथा कुखुरामा बर्डफ्लू देखिएको हो ।

कटेजमा थोरै संख्यामा पालिएको कुखुरा तथा हाँस बिरामी भएर परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टि भएको हो । भरतपुरको राष्ट्रिय पक्षीरोग प्रयोगशालामा परीक्षण गर्दा ‘इन्फ्लुएन्जा पोजेटिभ’ देखिएपछि थप परीक्षणका लागि मंगलबार काठमाडौं पठाइएकामा बर्डफ्लू भएको पुष्टिको रिपोर्ट आएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलले जानकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्