फास्ट-ट्रयाकको नाममा नस्ट गर्न लागिएको खोकनाको अस्तित्व विप्लव माओबादी र स्थानीयले जोगाए



काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणका नाममा ललितपुरको ऐतिहासिक महत्वको शहर खोकनाको अस्तित्व नै समाप्त पार्न लागेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पहलमा स्थानीयले गरेको आल्दोलनपछि सरकारले उक्त सडकको रुट अन्तै सार्ने भएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल सहितको टोली खोकनाको अध्ययनमा आउने थाहा पाएपछि शुक्रबार विहानै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र स्थानीयले फास्ट-ट्र्याक खोकना हुँदै लैजान पाइदैन भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले फास्ट ट्र्याक कुनै पनि हालतमा सो स्थानबाट बन्न नदिने भन्दै जबर्जस्ती खोकनाबाट शुरु गरिए जे पनि गर्ने धम्की समेत दिएका दिए ।

नेकपाका कार्यकर्ता र स्थानीयले नाराबाजी गरेको केही क्षणमा रक्षामन्त्री खोकना पुगेका थिए । रक्षामन्त्री त्यहाँ पुगेपछि स्थानीयहरुको २ थरी धारणा देखापर्यो ।

एउटा, फास्ट ट्र्याकको नाममा ऐतिहासिक सम्पदाहरु नष्ट गर्न नहुने भन्ने र अर्को चाँही लगेपनि हुने भन्ने । दुइथरी धारणा बाझिन आएको र यस्कै नाममा ठूलो राजनीति हुनेदेखेपछि सरकारले फास्ट ट्र्याकको रुट फर्सिडोलबाट सार्ने भएको बताइएको छ ।

सो बाटो निर्माणको जिम्मा पाएको नेपाली सेनाले यो विबाद छिटो मिलाउनु पर्ने धारणा राखेको छ । सोही क्षेत्रबाट निर्वाचित सांसद पम्फा भुसाललेपनि फर्सिडोललाई प्रस्थान बिन्दु बनाउने र यहिँ बसपार्क कायम गर्ने सहमति स्थानीय जनता र सबै तहका जनप्रतिनिधीबीच भइसकेको जानकारी दिइन । सोही अनुसार नेपाली सेनासँग बसेर माइन्युट समेत गरिएको छ ।

उनकाका अनुसार खोकना र बुङ्मतीलाई बाहिरी चक्रपथभित्र पार्ने गरी सम्पदापनि जोगिने हिसाबले फास्ट ट्र्याकको प्रस्थान बिन्दू खोकनाबाट फर्सिडोलमा सार्न सहमति भएको हो । उनले अब खोकनामा फास्ट ट्र्याकको प्रस्थान विन्दू नहुने भन्दै यस्तो विवादमा नपर्न फर्सिडोलमा पुगेका रक्षामन्त्री र सैनिक अधिकारीहरुलाई आग्रह गरिन ।

खोकनाको इतिहास र महत्व

१३ औं शताव्दीमै शहरीकरण भएको मानिने ऐतिहासिक खोकना अहिले कम्तिमा ५ वटा ठूला विकासका राष्ट्रिय आयोजनाहरुको केन्द्रमा परेको छ । १३२ केबी प्रसारणको हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, फास्ट ट्र्याक , सुरुङ मार्ग र स्मार्ट सिटी यहिँ हुँदैछ ।

यसबाट सम्पदाको विनास र जमिन धेरै क्षति हुने भएकाले फास्ट ट्र्याक यहाँसम्म नल्याउने सहमति भएको प्रदेशसभा सदस्य महर्जनले बताए । खोकनाको मौलिकता जोगाउन पनि यहाँ ठूला परियोजनाबाट सम्पदा र जमिन सुरक्षा गर्न आवश्यक रहेको उनले बताए ।

सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडले पनि खोकनामा सबै विकासका कार्यक्रम यहि ठाउँमा आउदा खेतियोग्य जमिन सकिने र सम्पदा पनि संकटमा पर्ने कुरा आएको बताए । तर फास्ट ट्र्याक यहिँबाट हुनुपर्छ भन्ने आवाज पनि आइरहेको भन्दै खाँडले आफूहरु राजनीतिक विवादमा पर्न नचाहेको प्रष्ट पारे ।

खोकनाको प्रस्थान विन्दू फर्सिडोलमा सारियो भने निजगढको दूरी कम्तीमा ५ किलोमिटर घट्नेछ । तर फर्सिडोलमा ओर्लिएका मान्छेलाई सहज रुपमा काठमाडौं पुग्नका लागि यहाँबाट बुङ्मतीको सोह्रखुट्टेसम्मको धुले सडकलाई १४ मिटर फराकिलो बनाउनु पर्नेछ ।

कनेक्टिीभिटीका रोडहरु बनाउन कुनै समस्या नरहेको खाँडले बताए । खोकनाको विकल्पको रुपमा अघि सारिएको फर्सिडोलबाट भैंसेपाटी करिब ५ किलोमिटरको दूरीमा छ । सम्भवतः फर्सिडोल नै अब फास्ट ट्र्याकको प्रस्थान विन्दु हुनेछ, जुन ठाउँबाट चक्रपथ आउन करिब ८ किलोमिटर लाग्छ ।

काठमाडौं र मधेसलाई जोड्ने सबैभन्दा छोटो दुरीको यो राष्ट्रिय गौरवको आयोजना गत वर्ष सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो । यसअघि भारतीय कम्पनीलाई दिन खोजिए पनि केपी ओली सरकारले नेपाल आफैंले बनाउने निर्णय गरेको थियो । सेनालाई जिम्मा लगाउने निर्णय भने प्रचण्ड प्रधानमन्त्री हुँदा गरिएको थियो ।

बाराको निजगढबाट ललितपुरको खोकनासम्म ७६ किलोमिटर लामो फास्टट्र्याक पूरा हुँदा एक घण्टामै काठमाडौं मधेस ओहोरदोहोर गर्न सकिन्छ । अब खोकनाबाट फर्सिडोल प्रस्थान विन्दु सारिए यसको यसको दूरी अझ घटेर ७० किलोमिटरमा आउँछ ।

सेनाले विभिन्न १० वटा समूह बनाएर धमाधम ट्र्याक खुलाउने काम गरिरहेको छ । अरु सबै समूहले काम जारी राखे पनि खोकनामा एक वर्षदेखि स्थानीयसँग सहमति हुन नसकेका कारण ठेक्कानै रद्द गर्नुपर्ने अवस्थामा पुगेको थियो । यसरी नेकपाको पहल र स्थानीय बासिन्दाको सहयोगमा स्थानीय प्रतिनिधि र सरकारलाई दबाद दिन सफल भएपछि अब फास्ट ट्र्याकको नाममा हुन लागेको खोकना शहरको विरुपीकरण रोकिने छ । सन्दर्भ: onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्