खानेपानी संरक्षणका लागि मुहानमै बैठक



 

दाङ १२ जेठ । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिले मुहानमा बैठक गरेको छ । मुहानको अबस्थाको बारेमा जानकारी लिनका लागि मुहानमै पुगेर बैठक गरिएको हो । समितिका अध्यक्ष शोभाराम बुढाथोकीको नेतृत्वमा गएको टोलीमा वडा नम्वर ४ का वडा अध्यक्ष बालकृष्ण राना सहित विभिन्न संघसंस्था, सरोकारवाला, पत्रकारहरुलगायतको सहभागिता रहेको थियो । टोलीले विभिन्न स्थानको पानी मुहानको अवलोकन तथा अध्ययन गरेको थियो । खाद्रे खानेपानीको तीनवटा मुहान भएपनि ओदारेघारी र कुईनीबोट पानी मुहानको अवलोकन गरीएको हो । समितिका अनुसार एक लाख घनमिटर,पचास हजार घनमिटर, २३ हजार घनमिटर २५/२५ घनमिटरका दुई टंकी र विभिन्न स्थानमा रिर्जव टंकीहरु निर्माण गरीएको छ । खाद्रेमा ४ सय घरधुरी भएपनि हाल समितिमा तिन सय ३७ उपभोक्ता रहेका छन् । त्यस्तैगरी ३ वटा सार्वजनिक धारा रहेका छन् ।

आफुहरुले सरकारले ल्याएको एक घर एक धारा भन्ने अवधारणालाई अबलम्वन गदै उपभोक्ताको घरघरमा धारा पु¥याउन सफल भएको अध्यक्ष बुढाथोकीले बताएका छन् । पानी सहज रुपमा आपुर्ति भएपनि रुन पानीको समस्या देखीएको बताउदै अध्यक्ष बुढाथोकीले पानीको जोखीम भएको बताएका छन् । त्यस्तैगरी भुतपुर्व सैनिकद्धारा निर्माण गरीएका २५/२५ घनमीटरका दुई वटा टंकी जिर्ण भएको उनले बताएका छन् । विगत देखिउपभोक्ताहरुलाई सर्वसुलभ,स्वच्छ सफा पिउने पानी सहज रुपमा खुवाउदै आएपनि खानेपानीको भौतिक संरचनाको अभाव भएको उपाध्यक्ष तुल्सी थापाले बताएका छन् । साथै उनले वडा र तुलसीपुर उपमहानगर लगाएत विभिन्न निकाय योजना माग गरेको बताउदै अवलोकन पश्चात उक्त समस्या समाधानका लागी सम्वन्धित निकायलाई झकझक्याउन आफुहरुलाई सजिलो हुने अपेक्षा गरीएको बताएका छन् ।

वडा नंम्वर ४ का वडा अध्यक्ष बालकृष्ण रानाले खाद्रे खानेपानीको स्तरोन्नतीका लागी आफुले सक्दो सहयोग गर्ने बताएका छन् । उनले वडाको विभिन्न बस्तीमा अझै खानेपानीको समस्या रहेको बताउदै सम्पुर्ण उपभोक्तालाई सफा पानी खुवाउनका लागी आफुले पहल गर्ने बताएका छन् । अवलोकन पछि समितिको बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकको सहजीकरण कोषाध्यक्ष हेम बहादुर थापा र डुविन्द्रराज केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्