शरिर तथा अनुहारको अनावश्यक रौं हटाउने घरेलु बिधि ।।



सैघाली खबर/काठमाण्डौँ, जेठ।
धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् ।

शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ । तर आज हामी तपाइँलाई अनुहारको रौं को समस्याबाट सधैंको लागि छुट्कारा दिलाउने प्राकृतिक घरेलु उपायबारे जानकारी दिन्छौं ।

यस उपायमा प्रयोग हुने सामाग्रीहरुमा पौष्टिक तत्व (भिटामिन), खनिज पदार्थहरु प्रशस्त मात्रामा पाईनुका साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोगबाट छालामा चमक आउनुको साथै छाला स्वस्थ हुने गर्दछ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग छाला भएको कारणले गर्दा छालामा हामीले जे प्रयोग गरेपनि यसलाई रगतले सिधै सोस्दछ ।

सामाग्रीहरु……..
१) २ चम्चा मह
२) १ चम्चा जौ को धुलो
३) २ चम्चा कागतीको रस

बनाउने विधि………
मथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि मिश्रणलाई रौं हटाउनुपर्ने ठाउँमा दल्नुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले पखाल्नुहोस् । तपाइँले यसको प्रयोग गर्दा अनुहारमा क्रिम पनि लगाउन सक्नुहुन्छ । यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गरी एक महिनापछि पुन: यस विधिलाई अपनाउनुहोस् । तपाइँको अनावश्यक रौं सधैंको लागि हट्नेछ ।

यस विधिबाट कुनै पिडा नहुने हुँदा तपाइँले यसको प्रयोग सजिलै गर्न सक्नुहुन्छ । यस विधिको जाँचको लागि सबैभन्दा पहिला हातमा लगाएर हेर्नुहोस् र कुनै प्रकारको जलन नभई राम्रो असर देखिएमा मात्र यसलाई अनुहारको छालामा प्रयोग गर्नुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने, विशेषज्ञको सल्लाह लिएर मात्र यस विधिको प्रयोग गर्नुहोस् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्