सैघाली खबर/काठमाण्डौँ, १२ जेठ।
रिल लाईफमा ‘बेबी आई लभ यु’ भनेपनि रियल लाईफमा कसैसंग पनि त्यसो नभनेको बताउछन् नायक सन्तोष बिक्रम खड्गी र नायिका पूँजा तिवारी । जेठ १८ गते रिलिज हुने चलचित्र ‘बेबी आई लभ यु’ मा प्रेममा परेपनि वास्तवीक जिबनमा भने अहिले सम्म कसैको प्रेममा नपरेको दुबै जना बताउछन् । चलचित्रका नायक सन्तोष बिक्रमले भने आफुले छिट्टै बिहे गर्ने पनि बताएका छन् ।
उनि भन्छन्, ‘झगडा गर्नलाई पनि कारणहरु गुगलमा सर्च गर्ने खालको केटी फेला परे आजै बिहे गर्छु ।’ उनले अगाडि थपे, ‘एक अर्कामा बुझाईको दायरा फराकिलो होस्, झगडा भन्ने कहिलै नपरोस, त्यस्तो केटि भेट्टाए अहिलै बिहे गर्ने सोचमा छु ।’ तर नायिका पूँजाको धारणा भने फरक छ । पूँजा भन्छिन्, ‘बेबी आई लभ यु’ भन्ने धेरै छन्, ‘कत्तिको त प्रस्ताव पनि स्वीकारेको छु, तर साथिको रुपमा मात्रै ।’
उनले अगाडि भनिन्, ‘बिबाह गर्ने जिम्मा त सब्बै बाबा ममिलाई छ, मेरो जिबन साथि म आफै खोज्दिन ।’ चलचित्र ‘बेबी आई लभ यु’ को टिम तथा नायक सन्तोष र नायिका पूँजा यतिबेला चलचित्रको ब्यापक प्रचार–प्रसारमा लागेका छन् । जोमसोम, पोखरा र काठमाण्डौँ उपत्यकामा छायाँङकन गरिएको चलचित्र सफल हुने बिश्वास निमार्ण पक्षले गरेको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।