राष्ट्रिय परिचयपत्र जेठ २५ गतेदेखि ।।



सैघाली खबर/पाँचथर, १२ जेठ।
पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गर्न यही जेठ २५ गतेदेखि विवरण संकलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले विवरण संकलनमा सहयोग गर्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

पहिलो चरणमा १ लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथरमा १ लाख १० हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकी सात हजार परिचयपत्र सिंहदरबारका कर्मचारीलाई वितरण गरिने छ । परिचयपत्रमा सुरुमा व्यक्तिको वैयक्तिक र जैविक विवरण समावेश गरिनेछ ।

मेमोरी चिप्ससहितको मेसिन रिडेवल कार्ड हुने भएकाले पछिबाट यसमा आवश्यक अन्य सम्पूर्ण विवरणसमेत अटाउन सकिने बताइएको छ । तत्काललाई नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका र नागरिकता लिन योग्यता पुगेकालाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्