अधिकार केन्द्रमै सिमित गर्न खोजीएको छ ’



दाङ १२ जेठ।
मुलुक संघीय संरचनामा गएको छ । स्थानीय तहले धेरै अधिकार पाएको छ । अहिले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, शहकारी,कृषि, पशुलगायतका शाखाहरु स्थानीय तहको मातहतमा गएका छन् । यसैसन्दर्भमा हामीले तुलसीपुरका शिक्षा शाखा प्रमुख भाष्कर गौतमसंग स्थानीय तहमा गएसंगै शिक्षामा देखिएको प्रभाबका बारेमा कुराकानी गरेका छौं ।–सम्पादक

तुलसीपुर क्षेत्रमा सामुदायिक शिक्षाको अबस्था के छ ?

एकदमै नाजुक छ । शैक्षिक स्तर माथि उक्सिन सकेको छैन् । जति निजि बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि हुदै गईरहेको छ । त्यसरी सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधार हुन सकेको छैन् । अर्को तर्फ सबै बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउन सकिएको छैन् । निजि बिद्यालयमा बिद्यार्थीको ओईरो छ । तर सामुदायिक बिद्यालयमा बिद्यार्थीहरु संख्या घट्दै छ । यसको मुख्य कारण शैक्षिक गुणस्तर खस्कनु नै हो । शैक्षिक गुणस्तर खस्कदा बिद्यार्थी तथा अभिभावकको आर्कषण नीजिमा आर्कषण हुदै गएको छ । तर हाम्रो कार्यभार भनेको सामुदायिक बिद्यालयको शैक्षिक गुण्स्तर सुधार गर्नु नै हो ।

सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्न के गर्नुपर्ला ?

तुलसीपुर क्षेत्र मात्रै हाईन्, समग्र देशभरका सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरु दत्त चित्त भएर लाग्नु पर्छ । नात्र भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सम्भब छैन् । सामुदायिक बिद्यालयका शिक्षकहरुले पूर्ण रुपमा बिद्यालयमा समय दिनु प¥यो । त्यसपछि ब्यबस्थापन पक्षले सुधार हुनुपर्छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष भयो, त्यो अबधिमा तुलसीपुरमा शिक्षा सुधारका केके कामहरु भए ?

त्यस्तो उल्लेख्य रुपमा काम त हुनसकेका छैनन् । यहाँको शैक्षिक सुधारका लागि धेरै काम गर्न बाँकी छन् । अहिले तुलसीपुरमा अंग्रजी माध्यामबाट पढाउने, उपमहानगरमा बिभिन्न स्वायंसेवक भित्र्याउने काम, आबश्यकता अनुसार बिद्यालय सञ्चालनको अनुमति दिने, अनाबश्यक कक्षा थप गर्ने कार्य बन्द गर्नेलगायतका कार्यहरुको शुरुवात गरेका छौं ।

बिद्यार्थी भर्नाको अबस्था के छ ?

स्थानीय सरकार आएपछि केही रुपमा बिद्यार्थीहरु बढिरहेका छन् । बिगतको तुलनामा यस बर्ष बिद्यार्थी भर्ना हुनेको संख्या केही बढेको आकलन गर्न सकिन्छ । अहिले नै कति बिद्यार्थी भर्ना भए भनेर भन्न सक्ने अबस्था छैन् । केही समय पछि त्यो मात्रै कति बिद्यार्थी भर्ना भए, त्यसको बारेमा जानकारी आउछ । अहिलेको बिद्यालय भर्ना अभियान स्थानीय तहहरुले सञ्चालन गरेकाले पनि पहिलेको तुलनामा भर्ना अभियान प्रभावकारी भएको देखिन्छ । त्यही अनुसार सामुदायिक बिद्यालयले शैक्षिक गुण्स्तर सुधार गर्ने हो भने सामुदायिक बिद्यालय प्रतिको आर्कषण बढ्ने देखिन्छ ।

कति बिद्यालयमा बिद्यार्थीको संख्या कमी छ ?

गत शैक्षिक बर्षको तुलनामा तुलसीपुरमा ३३ वटा सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या कमि थियो । ती बिद्यालयमा ५० भन्दा कम बिद्यार्थीहरु थिए । त्यस्ता बिद्यालयहरुलाई हामी मर्ज गर्ने तयारीमा थियो । मर्ज गर्ने प्रक्रिया जारी छ । अब यस शैक्षिक सत्रमा कति बिद्यार्थी भर्ना हुन्छन्, त्यसैका आधारमा हामीले बिद्यालय मर्ज गर्ने छौं ।

अबको शिक्षा कस्तो हुनुपर्छ ?

अबको शिक्षा प्रबिधिमैत्री हुनुपर्छ । पहिले भन्दा केही नयाँ खालको हुनुपर्छ । परम्परागत शैलीबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिदैन् । त्यसैले प्रबिधिमैत्री शिक्षा आजको आबश्यकता हो । प्रबिधिको उच्च प्रयोगमा मात्रै हामीले शैक्षिक गुणस्तर बृद्धि गर्न सक्छौं ।

स्थानीय तहको शिक्षा शाखामा सबै अधिकार आएका छन्, की छैनन् ?

अझै सबै अधिकारी हामी कहाँ आईपुगेका छैनन् । नीति, नियम निर्माण नभएकै कारण हामीलाई काम गर्न गाह्रो छ । कक्षा ८ को परीक्षा सम्पन्न भएको धेरै महिना भइसक्यो । अझै हामीलाई बिभागले परिक्षा सञ्चालनमा लागेको खर्च पठाएको छैन् । यस्तै थुप्रै समस्याहरु छन् । यस्ता समस्या समाधान नहुँदा सम्म काम गर्न समस्या नै हुन्छ । कक्षा ८ को परिक्षा सञ्चालनका लागि प्रतिब्यक्ति दुई सय रुपैँया छुट्याएको हुन्छ । त्यो रकम अहिले जिल्ला शिक्षा समन्वय तथा ईकाई कार्यालयमा आएर थन्किएको छ । अन्य जिल्लाका सबै स्थानीय तहमा उक्त रकम गईसकेको भएपनि दाङका कुनै पनि स्थानीय तहमा उक्त रकम जान सकेको छैन् । यसका लागि बिभागले नै बिशेष पहल थाल्न जरुरी छ ।

 

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्