चौरजहारी नगरपालिकाद्धारा डिजिटल प्रोफाईल कार्य



ज्ञानु गौतम
जेठ १२, रुकुम ।
चौरजहारी नगरपालिकाले डिजिटल प्रोफाईल कार्य सुरु गरेको छ ।

चौरजहारी नगपालिका भित्ररहेका १४वटै वडामा बसोबास गर्ने मानब समुदायको ब्यक्तिगत बिवरण भौतिक संरचना आर्थिक, शैक्षिक, सडक, सांस्कृतिक, लगाएका बिषयमा सुचनादिने उदेश्यले डिजिटल प्रोफाईल कार्य सुरु गरिएको नगर प्रमुख बिशाल शर्माले जानकारी दिए । डिजिटल प्रोफाईलकार्य एक महिना भित्रै सक्ने गरी कर्मचारी खटाईएको छ कर्मचारी प्रत्येक घर घर पुगि बिवरण संकलन गरिसके पछि नगर सभामा जानकारी गराउने नगर प्रमुख शर्माले बताए ।

उनले भने “यो हामिले गर्नलागेको काम नमुना हो यो अरु पालिकामा भएको छैन” यो कार्य सकिएपछि सबैले ब्यक्तिगत बिवरण घरमै बसेर हेर्न पाउने छन । साथै जिपिएस ट्रयाक गरे पछि पर्यटकिय धार्मिक,सांस्कृतिक , लगाएत चौरजहारी नगरपालिको बस्तु स्थीति गुगुल म्याप बाट हेर्न पर्यटकहरुलाई सजिलो हुने बिश्वास लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्