नारायणपुरकी १६ वर्षिय मुना मृत अबस्थामा फेला



 

दाङ, १२ जेठ । दाङमा एक स्कुले बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १० स्थित सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरको कक्षा १० मा अध्ययनरत छात्रा मुना ओली झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

घोराही–१० चारवगिया स्थित सेतु चौधरीको घरमा झुण्डिएको अवस्थामा फेला परेकी मुनाको मृत्यु रहस्यमय भएको परिवारले जनाएको छ । यस बारेमा शवको पोष्टमार्टम गरेपछि मात्र मुत्युको कारण खुल्न सक्ने प्रहरीको भनाई छ ।

यता मृतकका परिवारले आत्महत्या नभई हत्या भएको आशंका गरेका छन् । यता प्रहरीले घटनाको छानबिनका लागि मनोज न्यौपानेलाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले मृतक प्रेम सम्बन्धमा रहेको छ । केटाको घरबाट आउँदाआउँदै साथीको घरमा पसेको र त्यही मृत फेला परेको भन्ने जानकारी आएकाले केटा मनोज न्यौपानेलाई पक्राउ गरेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती उपक्षेत्रिय अस्पतालमा राखीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्