दगांली क्रीकेट लिग आजदेखि सुरु



सैघाली खबर
दाङ, १३ जेठ
दगांली क्रीकेटको महासग्राम दाङ क्रीकेट लिग २०७५ आज आईतवार देखि सुरु हुनेभएको छ । दगांली युथ क्लवको आयोजनामा संचालन हुने प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालिले गर्ने कार्यक्रम रहेको छ । दाङ जिल्लामा क्रिकेटको ब्यवसायिक विकास एव विस्तार गर्ने र नँया पिढीलाइ क्रिकेट खेलमा स्थापीत गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान ९ बजे क्रीकेटको प्रतावित प्रदेश स्तरिय खेलमैदान घोराही गुलरियामा गरिने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा रोयल तुलसिपुर र घोराही ब्लास्टर भिड्ने छन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता लाई भब्य एव सभ्य तवरले सम्पन्न गर्नका लागि यसअघी अक्सन प्रक्रियाबाट खेलाडी तथा टिम छ्नौट गरिएको छ भने सम्म्पुर्ण तयारी कार्य पनि पूरा भएको आयोजकले जनाएको छ। दाङका ६ स्थानलाई समेटेर टिमको नामाङकरण समेत गरिएको छ।

जस अनुसार घोराही बलास्टर, रोयल तुलसिपुर, लमही किङस,गढवा लाईन्स,राईजिङ पुरन्धारा र भालुवाङ वारियर्स रहेका छ्न् १ बिगतको खेल शैली भन्दा फरक शैलिमा प्रतियोगिता सन्चालन हुने भएकाले लिगको आधारमा खेलाइने यो प्रतियोगिता जिल्लाको लागी नौलो हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको समापन जेठ १७ गते तुलसीपुर अरनिको खेल मैदान गरिने छ । प्रतियोगिताका खेलहरु दाङका घोराही,तुलसीपुर,लमही,भालुवाङ, पश्चिम पुरन्धरा लगाएतका ठाउँमा खेलाईने कार्यक्रम तय गरिएको क्लबका अध्यक्ष कमल डागिले जानकारी दिनु भएको छ । यसैबीच आयोजकले प्रतियोगिताको सम्म्पुर्ण तयारी पूरा भएको र उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी उधोगी, ब्यबसायी,पत्रकार लगाएत आमसर्वसाधारणमा आह्वान समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्