सैघाली खबर
दाङ, १३ जेठ
दाङको शान्तिनगर गाउँपालिकामा एक्कासी फैलिएको
झाडापखलाबाट करिब चार सय बढि बिरामी परेका छन् । दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नंं। ३ को पातेटाकुरा, गाहा टोल, एकली, अधेरे, गनारी र वडा नंं। ४ को रोइनीघारी र कजेरीका स्थानीय वसाीन्दामा झाडापखलाको प्रकोप फैलिएको चिरेघाट स्वास्थ्य चौकीले जनाएको छ ।उपचार गराउन आएका करिब चार सय जना मध्य राप्ती अंचल अस्पताल तुलसीपुरमा ४० जनालाई रिफर गरिएको र चीरेघाट स्वास्थ्य चौकीमा १५ जनाको उपचार भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज हरी पुनले जानकारी दिए ।
झडापखलाबाट बिरामी भएकाहरु मध्य नेपालगञ्ज घर भई हाल चिरेघाट प्रहरी चौकीमा कार्यरत २१ बर्षीया प्रतिमा कुमारी राइ, पुष्पा पुन, सावित्रा रोका, मिना वली, सरस्वती कडेल, सावित्रा कडेल, लक्ष्मी विक, सीता खत्री, लगाएका दर्जनौ बिरामीको राप्ती अंचल अस्पतालमा उपचार भईरहेको छ ।अन्य बिरामी उपचारपछि घर फर्कीएका छन् । अझै पनि फाट्टफुट मात्रामा बिरामी आउने जारी रहेको स्थानीय पत्रकार निराश पाण्डेले जानकारी दिएका छन् । झाडापखालाका कारण एकै घरका ४ जना सम्म बिरामी परेका छन् । ‘हाम्रो घरमा पाँच जनाको परिवार छ, राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार गर्न आएका तुलसीराम कडेलले भने, ‘वुवा, आमा, म र मेरी श्रीमतिलाई झाडापखलाले छोयो पाँच बर्षकी छोरी तानीया कंडेललाई केहि भएन ।’ ‘घरमा काम गर्दै थिए’ नजिकै वेडमा उपचार गराई रहेकी अर्की बिरामी ३४ बर्षकी झुमा विकले भनिन, ‘ सुरुमा पखला लाग्यो त्यसपछि वाकवाकी हुदै वान्ता हुन थाल्यो ।’
स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा समेत उपचार सम्भव नभएपछि राप्ती अंचल अस्पतालमा उपचार गराउन आएको उनले बताईन । बिरामीले टाउको, छाती, पेट दुख्ने, हात खुट्टा कटकटी खाने गरेको बताएका छन् ।
जनश्वास्थ्यको टोलि प्रभावित क्षेत्रमा पुग्यो
यसैविच जिल्ला जनश्वास्थ्य कार्यालयको टोली पनि झाडापखला प्रभावित क्षेत्रमा पुगेको छ । औषधी र चिकित्सको टोली लिएर प्रभावित क्षेत्रमा पुगेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डा।
प्रकाश कुमार योगीले जानकारी दिए । आवश्यक पर्ने सम्पुर्ण औषधीजन्य सामाग्रीको वन्दोवस्ती सहित प्रभावित क्षेत्रमा पुगेको र बिरामीहरु खतरा मुक्त रहेको योगीले बताए । बिरामीमा वाकवाकी लाग्ने, पेट दुख्ने, वान्ता हुने, पखाला लाग्ने, रिगाटा लाग्ने आदि लक्षण देखा परेको जनश्वास्थ्य टोलीलीले बताएको छ । केहि दिन अघि भएको बर्षातका कारण खानीपानीको मुहानमा आएको धमिलो पानी स्थानीय बासीले पिउँदा यस्तो समस्या आएको जनश्वास्थयको टोलीले निष्कर्ष निकालेको छ । बिरामीको दिसा परिक्षण गर्दा व्याक्टेरियल इन्फेक्सन देखा परेको डा। योगीले बताए । चिकित्सकको टोलीलले पानी उमालेर मात्र खान, बासी खाना नखान स्थानीयलाई सुझाव दिएको छ । स्थानीयहरुमा गत विहिबार देखि नै यो समस्या देखा परे पनि उपचारका लागि आज मात्रै अस्पतलामा आएको स्वास्थ्य टोलीले बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।