पत्रकार कृष्ण सेन इच्छुकको १६औं स्मृति दिवश मनाइयो



सहिद पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा आइतबार देशभर कार्यक्रमगरि उनको सम्झना गरिएको छ । १६ वर्ष अगाडी आजकैदिन तत्कालीन राज्य सत्ताले माओवादी जनयुद्धलाई समर्थन गरेको आरोपमा गिरफ्तार गरि चरम यातना दिएर हत्या गरिएको थियो ।

गरिव र उत्पीडत जनताको मुक्तिको पक्षमा कलमको माध्यमबाट शसक्त पत्रकारिता गरेका इच्छुकलाई २०५९ असार २ गते काठ्माण्डौको बानेश्वरबाट गिरफ्तार गरि जेष्ठ १३ गत महेन्द्र पुलिस क्लवमा यातना दिएर हिरासतमै हत्या गरिएको थियो । उनै सेनको सम्झनामा देशभर कार्यक्रमगरि उनले देखाएको आदर्शको बाटोमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा आज काठ्माण्डौमा प्रभातफेरि कार्यक्रम गरिएको छ । शान्तिवाटीकाबाट शुरु भएको ¥याली बागबजार पुतली सडकहुँदै सेनको हत्या गरिएको महेन्द्र पुलिस क्लव अगाडी गएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका हिरामणी दुःखीले सेनको हत्या गर्नेलाई राज्यले कार्बाही गर्नुको साटो पुरस्किृत गरेकोप्रति आक्रोश व्यक्त गरे ।

क्रान्तिकारी पत्रकार संगठनका दिपेन्द्र रावलले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने राज्यले पत्रकारलाई नै दुश्मन देखेको भन्दै सहिद पत्रकार कृष्ण सेन इच्छुकले देखाएको बाटोमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंद्धका उपाध्यक्ष विपुल पोख्रेलले अभिव्यक्ति स्वतन्त्रताकाृ लडाईंमा सेन एकजना निडर र आदर्श व्यक्ति भएको भन्दै सेनका हत्यारालाई कारबाही नहुनु दुःखद भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्