गृह मन्त्रालयमा ४ सय गुण्डाको लिस्ट तयार, १० गुण्डाको ‘इन्काउन्टर’ गर्न ‘स्पेशल टास्क फोर्स’ !



काठमाडौं । गृहमन्त्रीमा राम बहादुर थापा नियुक्त भएपछि मुलुकभर गुण्डा गर्दी गर्ते , भ्रष्टाचारी र धन्दावालाहरुको निदहराम भएको छ । गृहमन्त्री बादलले यातयातमा देखिएको सिन्डिकेट पूर्णरुपमा हटाएसँगै मेनपावर क्षेत्रमा हात हालिसकेका छन् । उनले ठगी गर्ने मेनपावर व्यावसायीलाई पक्राउ गर्न थालिसकेका छन् । त्यस्तै थापाकै निर्देशनमा समयमा काम नगर्ने ठेकेदारलाई समेत पक्राउ गरी मुद्दा चलाउन थालिएको छ ।

सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका बादलको निर्देशनमा गुण्डाहरुको लिस्ट तयार भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार झण्डै ४ सय गुण्डाको लिस्ट तयार भएको छ ।

‘ग्रेड छुट्याएर हामीले गुण्डाहरुको लिस्ट तयार पारेका छौँ । जबरजस्ती चन्दा अुशली, अवैध धन्दा र गुण्डागर्दीमा समलग्नहरुको लामो सुची छ । करीव ४ सयको संख्यामा पाएका छौँ,’ गृहमन्त्रालयका एक अधिकारीले भने,‘सबै फाइनल भइसकेको छ । अब काम शुरु गर्न मात्रै बाँकी छ ।’
स्रोतका अनुसार १० जना गुण्डालाई इन्काउन्टर गर्ने योजना गृहमन्त्रालयको छ ।

‘हत्या, काटमार र असुली धन्दामा लागेका १० जनाको इन्काउन्टर गर्न गृहमन्त्रालयले ‘स्पेशल टास्कफोर्स’ तयार गरेको छ,’ स्रोतले भन्यो,‘ हाम्रो फोर्स अब छिटै ‘मुभ’ हुनेछ ।’

चर्चित गुण्डाको इन्काउन्टर गरेर चर्चामा आएका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल गृहमन्त्रीको योजनामा काँधमा काँध मिलाउन लागि परेका छन् । यसअघि यातयात व्यावासायीको सिन्डिकेट हटाउन खनालले गरेको सहयोगबाट गृहमन्त्री थापा निकै प्रभावित छन् । ‘उहाँले सिन्डिकेट हटाउनका लागि दिनभर गृहमन्त्रालयबाटै गृहमन्त्रीको ओदेशलाई सिरोपर गर्दै सहयोग गर्नु भएको थियो,’ स्रोतले भन्यो,‘टोले गुण्डाहरुको सफाय गर्ने अभियान थाल्ने व्यक्ति उहाँकै हो । अहिले गृहमन्त्री र आइजीपीको ‘स्पीड’ मिलेको छ ।’ — diyopost

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्