आईएई सेन्टरका कर्मचारीमाथि गोली प्रहार, रकम लुट्ने दुईजना पक्राउ ।।



सैघाली खबर, कैलाली, १३ जेठ।
धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरु पक्राउ परेका हुन् ।

लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्