१६ औ कृष्णसेन स्मृति दिवस मनाईयो – सेनको योगदान भुल्यौ की ?



जनक नेपाली
दाङ,१३ जेठ । सहिद कृष्ण सेन ईच्छुकको १६ औ स्मृति दिवस मनाईएको छ । पत्रकार महासंघ दाङ, प्रेस सेन्टर, प्रेस चौतरी र अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा स्मृति दिवस मनाइएको हो । सेनको स्मृति दिवसलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दाङका संस्थापक एवं प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले समाज परिर्वनका लागि ईच्छुकले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताउँनुभयो ।कृष्णसेन सर्वहारावर्गको प्रतीमुर्ति भएको वताउँदै पत्रकारितामा उहाँको विचारमा सवै अडिग हुनुपर्ने बताउँनुभयो । पछिल्लो समय सेनको विचारलाई भुल्दै गएको शर्माले समाज रुपान्तरको लागि उहाँको विचार महत्वपूर्ण भएको वताउँनुभयो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेपाल कम्युनिष्ट पार्टीका केन्द«ीय सदस्य जीवन गौतमले समाजमा ढोगी प्रवृति भित्रिएको वताउँनुभयो । सेनको आर्दश मुल्य मान्यतालाई पर छोडेर समाजमा गलत प्रवृति हावी भएको वताउँदै त्यसका लागि सम्पूर्ण पत्रकार साहित्यकार सच्चिन जरुरी रहेको वताउँनुभयो । सेनको विचार आफैमा उत्कृष्ट रहेको भन्दै गौतमले उहाँले उहाँको विचार सबैले अनुसरण गरेमात्र उहाँ प्रति साच्चिकै श्रद्धाञ्जली व्यक्त दिन सकिने वताउँनुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताव रेग्मी, पत्रकार महासंघ केन्द्रका निर्वमान केन्दय सदस्य एवं पुरस्कृत व्यक्तित्व अजयदीप शर्मा, सल्लाहकर केल एल।पीडित, सुदीप गौतम, दुर्गालाल केसी, अखिल नेपाल जनसाँस्कृतिम महासंघका प्रमोद धिताल, साहित्यकार एवं पुरस्कार अक्षकोष स्थापनाकर्ता राम प्रसाद जैशी, लगाएतले बोल्नु भएको थियो । प्रेस चौतारी दाङका अध्यक्ष जे।एन।सागरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गर्नु भएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रेसन्टरका कावा अध्यक्ष प्रकाश चौधरीले दिनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्