तीन पत्रकार पुरस्कृत



दाङ, १३ जेठ । सहिद कृष्ण सेन ईच्छुकको १६ औ स्मृति दिवसका अबसरमा तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । पत्रकार महासंघ दाङले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार महासंघका निवर्तमान केन्द«ीय सदस्य एवं नौलो जनउभार साप्ताहिकका प्रकाशक सम्पादक अजयदी शर्मा, प्रेस सेन्टर दाङले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका पुर्व अध्यक्ष केल पीडितलाई सम्मान गरिएको हो ।

दुवै जनालाई दश हजार र प्रमाणपत्रल सम्मान गरिएको हो । यस्तै पत्रकार महासंघ दाङले स्थापना गरेको चिन्तामणी ÷ जमुना स्मृति पत्रकारता पुरस्कारबाट नागरिक दैनिक एव रेडियो स्वर्गद्धारीका देवेन्द्र बस्नेतलाई पुरस्कृत गरिएको हो । बस्नेतलाई पाँच हजार नगद सहित सम्मान पत्रले पुरस्कृत गरिएको हो । सेनको २०५९ जेठ १३ गते महेन्द्र पुलिस कल्बमा प्रहरीले कुटपीत गरी हत्या गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्