बालकृष्ण ढुङ्गेलको आममाफीविरुद्ध विरोध प्रदर्शन



सैघाली खबर,
काठमाडौँ, १३ जेठ । तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेललाई आममाफी दिन नपाइने दाबीसहित द्वन्द्वपीडितहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

द्वन्द्वकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका ढुङगेललाई सरकारले गणतन्त्र दिवसको दिन आममाफि दिने तयारी गरेको छ । यसैको विरोधमा द्वन्द्वपीडितहरुले सडकमा उत्रिएका हुन् ।

हत्याको अभियोग लागेका ढुङ्गेलजस्ता अपराधीलाई राजनीतिक आवरणको आडमा आममाफी दिन सरकार लागि परेको भन्दै द्वन्द्वपीडितहरूले विरोध प्रर्दशन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान भेला भएका उनीहरूले मुलुककै कानुन र अन्तर्राष्ट्रिय कानुनको समेत धज्जी उडाउँदै सरकारले बालकृष्ण ढुङ्गेलजस्ता अपराधीलाई आममाफी दिन लागेको भन्दै आपत्ति जनाएका छन् ।

द्वन्द्वकालका हत्यारा ढुंगेललाई आममाफी नदिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्न बाध्य हुनु परेको द्वन्द्वपीडित सावित्री श्रेष्ठले जानकारी दिइन् । उनले हत्यारालाई उन्मुक्त दिने काम कुनै पनि हिसाबले सैह्य नहुने चेतावनी पनि दिइन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणको आधारमा सर्वोच्च अदालतको आदेश अनुसार ढुंगलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

उज्जनकुमार श्रेष्ठकी दिदी समेत रहेकी सावित्रीले मानव हत्याजस्तो जघन्य अपराधमा संलग्न ढुंगेललाई आममाफी दिन खोजिएको भन्दै आक्रोश व्यक्त गरिन् । सर्वोच्च अदालतले पनि ढुंगेललाई आममाफी दिनुपर्ने लिखित कारण पेश गर्न सरकारलाई आदेश दिइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्