नेकपाद्धारा प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता ।।



सैघाली खबर/काठमाण्डौँ १३, जेठ।
नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए ।

तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाए । जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको उनले बताए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको आरोप छ ।

तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको कामकारबाही सन्तोषजनक नभएको बताए । दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरे । तर, सभामुखले यसबारे प्रश्न उठाउन नपाउने भन्दै रुलिङ गरेका थिए । नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्