घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा महासंघको प्रागणमा टायल



सैघाली खबर,
घोराही, १३ जेठ,
नेपाल पत्रकार महासंघ दाङको प्रांगणमा टायल विच्छाईएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा महासंघको प्रागणमा टायल विच्छाउने काम भएको हो ।

वडा कार्यालयको ५० हजार सहयोगमा महासंघको प्रांगणमा टायल विच्छार्ईएको महासंघका अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभयो । महासंघको भौतिक पूर्वाधार विकास अनतरगत यो कार्य गरिएको उहाँले बताउनुभयो । वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले समाजको तेस्रो आँखाको रुपमा रहेका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको भौतिक विकासकालागि १ लाख ५० हजार आर्थिक सहयोग गरिएको बताउनुभयो । यसैबीच वडा अध्यक्ष पाण्डेयले आईतवार यस टायल विच्छाउने योजनाको अनुगमन गर्नुभएको छ । त्यस अवसरमा महासंघका अध्यक्ष प्रीयासनले वडा अध्यक्ष पाण्डेय लगायत वडा नम्बर १५ लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्