खेलाडीलाई बिदाई, खेलसंयोजकले सौजन्य गरे पोषाक



दिपक बोहरा,
तुलसीपुर , १३ जेठ ।

जनकपुरमा हुन लागेको राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा सहभागि हुन दाङबाट जान लागेका खेलाडिलाई बिदाई गरिएको छ । तुलसीपुर उपमहानगर कार्यापालिका सदस्य तथा मेयर कप प्रतियोगिताका संयोजक अमर नेपाली ( माईकल), कार्यपालिका सदस्य देवराज बिश्वकर्म, वडा नंबर ५ सचिब सञ्जय कुमार गुप्तालगायतको टोलीले प्रदेश नंबर ५ को तर्फबाट दाङबाट जान लागेका खेलाडिहरुलाई विदाई गरिएको हो । साथै कार्यपालिका सदस्य माईकलले खेलाडिहरुलाई खेल पोषाक पनि सौजन्य गरेका छन् । दाङबाट जान लागेका १२ जना खेलाडी , दुई जना रेफ्रि , एक जना टिम कोच गरी १५ जनालाई पोषाक सौजन्य गरेका हुन् । २८ हजार रुपैया बढिका ट्रयाक्सुट,ट्राउजर, टिसर्ट सौजन्य गरेका हुन् । भलिबलका पूर्ब राष्ट्रिय खेलाडी समेत रहेका माईकलले खेलाडीहरुलाई कमजोर महसुस नहोस भनी हौसला प्रदान गर्न खेल पोषाक बितरण गरिएको बताए ।

खेलक्षेत्रको बिकासले नै समृद्ध बन्न सकिने भएकाले खेलाडीरुहरुलाई प्रोत्साहन गरि खेल क्षेत्रलाई अगाडि बढाउने सकिने उनको भनाई थियो । त्यस अबशरमा कार्यपालिका सदस्य देवराज बिश्वकर्मले उत्कृष्ठ खेल प्रस्तुत गर्न अनुरोध गरेका छन् । स्वास्थ्यको लागी खेलकुद र राष्ट्रका लागी खेलकूद भन्ने नारालाई आत्मसाथ गदै अनुशासित रुपमा खेल प्रदुशन गर्न आग्रह गरे । साथै उनले तुलसीपुर नगरलाई स्पोर्ट सिटिका रुपमा विकास गर्ने योजना रहेको हुदा खेलाडीको उत्पादन र विकास गदै विभिन्न खेलहरु आयोजना गर्ने बताएका छन् ।

जनकपुरमा जेठ १५ गतेदेखी १८ गते सम्म राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगिता हुदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्