वाम गठवन्धन धेरै समय टिक्छ या टिक्दैन त्यो हेर्न वाँकी -गिरी



समिक्षा गाहा,
घोराही १३ जेठ।

नेपाली कङगे्सका केन्द्रिय सदस्य तथा पुर्व सिचाई मन्त्रि दिपक गिरीले वाम गठवन्धन सक्कली हो या नक्कली हेर्न दिन आउदै गरेको वताउनुभएको छ ।
नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दाङले आज आईतवार घोराहीमा आयोजना गरेको अन्तरक्र्रिया पूर्ब सिचाई मन्त्री गिरीले वाम गठवन्धन धेरै समय टिक्छ या टिक्दैन त्यो हेर्न वाँकी नै रहेको वताउनुभएको हो ।

एक अर्काे प्रशगंमा मन्त्रि गीरीले पत्रकारीता पेशा आफैमा पनि ठुलो मुलुक प्रतिको बलिदानी हो। यसले देशको राजनितीक तथा बिकासका पाटामा ठुलो महत्वपुर्ण भुमिका खेलेको हुन्छ,त्यसैले पत्रकारीता पेशालाई मर्यादित र सम्बेदनशिल बनाउनका लागी सम्पुर्ण पत्रकारहरु यस पेशालाई सम्बेदनशिल भएर हेर्नु पर्नै नेपाली काग्रेशका नेता तथा पुर्ब सिचाई मन्त्रि दिपक गीरीले बताउनु भएको हो।

प्रेस युनियन दाङका अध्यक्ष सुशिल वस्नेतको अध्यक्षता एवं नेपाली कङगे्रसका केन्द्रिय सदस्य तथा पुर्व सिचाई मन्त्रि दिपक गिरीको प्रमुख आतीथ्यता तथा नेपाली कङग्रेस दाङका सभापति कृती वहादुर खड्काको विशिष्ट आतीथ्यतामा भएको कार्यक्रममा
नेपाली काग्रेसका सभापति कृत्तिबहादुर खड्काले नेपाली काग्रेसले अवलम्वन गरेको बिचार र बामपन्थीले बिचारलाई बाहिर ल्याउनुपर्छ भन्नुभयो । वास्तविक्ता के हो,नागरिकलाई झुक्याउने प्रबृत्ति कम्युनिष्टहरुमा हुन्छ । लोकन्तबादिहरुमा त्यसकिसीमको चरित्र हुदैन । त्यसले यस किसीमको प्रबृत्तिको चिराफार गर्ने काम सञ्चार जगतको हो भन्नुभयो ।
नेपाली काग्रेसका नेता एबम प्रदेश सभासदस्यअर्जुन श्रेष्ठले आगामी दिनमा पार्टी र युनियनको सम्बन्ध नङ र मासुको जस्तो रहनु पर्ने र बलियो हुनु पर्नै बताउनु भयो।साथै उहाले एकआपसमा मिलेर राजनैतिक पाटो होस या बिकासको पाटो यसबारे छलफल गर्नू पर्ने जसका कारण कार्यको प्रतिफल आउन सकोस भन्ने कुरा ब्यक्त गर्नु भएको थियो।

जुनसुकै क्षेत्रमा पनि कमी कमजोरीहरुलाई अउल्याउन सकेमात्र बिकासले सार्थकता पाउने साथै उपब्धिमुलक कार्य गर्नै सकिने बताउनु भयो।
। त्यस अबसरमा नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगी , ४ का साभापती जगत खड्का, नेपाल महिला संघ की नेतृ पुष्पा श्रेष्ठ,काग्रेस नेतृ सुष्मा गिरी,नेपाल तरुणदल दाङका अध्यक्ष टिका घर्ती,नेपाल दलित संघ दाङका अध्यक्ष वावुराम विक, नेविसंघका कार्यवहाक अध्यक्ष टोप वहादुर वुढाथोकी,नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज वस्नेत,अकोरावका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर लगाएतकाले वोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत युनियनका उपाध्यक्ष वसुन्धरा गौतम र सहजिकरण सचिव देवेन्द्र वस्नेतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्