सक्राम होलेरी सडक समय अगावै परा हुँदै



सैघाली खबर,
घोराही । देशैभर निर्माण कार्यहरु समय सिमा भन्दा धेरै ढिला गरेर नसकि रहेको समयमा एक निर्माण कम्पनीले भने समय सिमा भन्दा एकवर्ष अगाडी नै आफूले पाएको जिम्मेवारी पुरा गर्ने तरखरमा लागेको छ ।


दाङको सक्राम देखि होलेरी जोड्ने सडकको रोड अपग्रेडिङको जिम्मेवारी लिएको खड्का कृष्ण पिके जेभी कन्ष्ट्रक्सनले उक्त सडक यही असार मसान्तसम्म निर्माण गरिसक्नेगरी धमाधम कामहरु गरिरहेको छ । करीव तीन करोडमा ठेक्का लिएपछि उक्त सडक निर्माण गर्न गएको चैत्र महिनाबाट काम सुरु गरिएको थियो । दैनिकरुपमा एकसय पचास बढि कामदार, ३ वटा एक्साभेटर, ४ वटा टिप्पर, ३ वटा ट्रेक्टरलगायतका साधनहरु प्रयोग गरी निर्माण कम्पनीले धमाधम बाटो निर्माण गर्ने कामलाई अगाडी बढाएको छ ।

आउँदो २०७६ असार मसान्तसम्म काम गरिसक्ने जिम्मा लिएपनि उक्त निर्माण कम्पनीले समय अगावै काम सकेर जनतालाई राहत दिने काम गर्न लागि रहेको छ । उक्त सडकखण्ड निर्माण भएमा सहजरुपमा दाङको सक्रामबाट होलेरी हुँदै विभिन्न स्थानसम्म छोटो समयमा नै पुग्न सकिनेछ ।

पाएको जिम्मेवारी सधैभरी इमान्दारिताका साथ पूर्ण मेहनत र लगनले काम गर्नुपर्ने मान्यता राखेकै कारण उक्त सडक खण्ड तोके भन्दा पहिले नै निर्माण कार्य सम्पन्न गर्न लागि रहेको कम्पनीका सञ्चालक प्रकाश रसाइली बताउनु हुन्छ । ‘काम रोक्नु भन्दा समयमै सकेमा सबैलाई राम्रो हुन्छ, हामी नाफाका लागि मात्र काम गर्नु भन्दा पनि गुणस्तरीय काम, तोकेकै समयमा गर्नुपर्छ भन्नेमा छौं’, प्रकाश भन्नुहुन्छ, ‘हामीले काम गरेका अन्य ठाउँमा पनि कहिल्यै गुनासो गर्ने बाटो छाडेका छैनौं ।’

यतिबेला सरकारले समेत विकास निर्माणमा ढिलाई हुन थालेपछि ठेकेदारहरुलाई धमाधम पक्राउ गरिरहेको छ । यस्तो अवस्थामा प्रकाश जस्तै कुशल निर्माण व्यवसायीहरु सबैका लागि उदाहरणीय पात्र बन्न सक्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्