झाडा–पखालाबाट १२ सय प्रभाबित



दिपक बोहरा
दाङ,१३ जेठ । दाङको शान्तिनगरमा फैलिएको महामारी अझै नियणत्रणमा आउन सकेको छैन् । शुक्रबार विहानदेखि सुरु भएको झाडापखालाको महामारीबाट आईतबार सम्म करिब १२ सय जना प्रभाबित भएका छन् । शनिबार ४ सय १९ जना झाडापखालाका बिरामीलाई उपचार गरिएको थियो । शनिबार करिब ८ सय बिरामीलाई उपचार गराईएको छ । दुषित पानी प्रयोगका कारण फैलिएको झाडापखालाका कारण अहिले त्यस क्षेत्रमा झाडापखालाको प्रकोप फैलिएको छ । ती मध्य आईतबार दुई जना बिरामीलाई मात्रै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा रेफर गरिएको थियो ।

शनिबार भने ४३ जनालाई रेफर गरिएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए । शनिबार बिरामी भएका मध्य तीन जनालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो । कोहलपुर रेफर हुनेहरु मध्य एक जनामा मुटुको रोग, एक जना गर्बवती, अर्का एक जनामा श्वासप्रश्वासको समस्या रहेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

शनिबार थप उपचारका लागि तुलसीपुर रेफर गरिएका ४३ जना मध्य ६/७ जनाको मात्रै उपचार भईरहेको अञ्चल अस्पतालले बताएको छ । अन्यको डिस्चार्ज भईरहेको राप्ती अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष बिष्णु कुमार देवकोटाले बताए । शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुनका अनुसार बिरामी बढिरहेको भएपनि अबस्था पनि सामान्य हुदै गएको बताए । अहिले जटिल खालका कुनै पनि बिरामी नभेटिएको उनको भनाई छ । क्रमिक रुपमा यसरी सुधार हुदै गएमा अबको एक दुई दिनमै महामारी नियणत्रण हुने बताए । शनिबार भन्दा आईतबार आउने बिरामीहरु सामान्य रहेकाले क्रमीक रुपमा बिरामीको अबस्था सुधार भएर जाने उनले बताए ।

उनका अनुसार उपचार गरेर फर्केका बिरामीहरु पनि पुनः उपचारका लागि स्वास्थ्य चौकी आउने गरेका छन् । शनिबार सम्म करिब ३५ जना बिरामी पुनः अस्पतालमा आएको उनले बताए । ब्याक्टोरियाको संक्रमणले गर्दा झाडापखालाको महामारी फैलिएको उनको भनाई छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा उक्त महामारी फैलिएको हो । शान्तिनगर गाउँपालिका ३ को पातेटाकुरा, गाहा टोल, एकली, अधेरे, गनारी र वडा नम्बर ४ को रोइनीघारी र कजेरीका बासिन्दामा झाडापखालाको संक्रमण भएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुनले बताए ।

अहिले स्वास्थ्य चौकीमा औषधीको कुनै समस्या नरहेको समेत उनले बताए । बिभिन्न संघसंस्थाको सहयोगमा एक हजार भन्दा बढि बिरामीहरुलाई पुग्ने औषधी आफुहरुसंग भएको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, सिएमएसंगं, स्वास्थ्यकर्मी संघलगायतले औषधी सहयोग गरेका छन् । साथै नेपाली अहिले उपचारका लागि १५ जना स्वास्थ्यकर्मीहरु खटिएको उनले बताए । प्रमुख पुनका स्वास्थ्य चौकीका ८ जना, जनस्वास्थ्यबाट खटिएका ४ जना र नेपाली सेनाका ३ जन सहित १५ जना स्वास्थ्यकर्मी उपचारमा खटिएको उनले बताए ।

अहिले प्रदेशसांसद उत्तर कुमार वली, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी सहित त्यस क्षेत्रका जनप्रतिनिधिले बिरामीहरुको सहज आवतजावतका लागि पहल थालिरहेका छन् । प्रदेश सांसद उत्तर कुमार वलीले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको बताएका छन् । त्यस्तै स्थानीय बिद्यालयहरुको गाडि प्रयोग गरि बिरामीहरुलाई आवतजावत गराईएको छ । साथै अहिले अस्पताल परिसरमा पुगेर नेपाल रेडक्रसलगायतको बिरामीको अबस्था थप बिग्रन नदिन स्वास्थ्यका सामग्रीहरु, पानी सुद्धिकरण बिधिहरु उपलब्ध गराईरहेको छ । बिरामीहरुमा वाकवाकी लाग्ने, पखाला चल्ने, पेट दुख्नेजस्ता लक्ष्यण देखा परेको स्वास्थ्य शाखा प्रमुख पुनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्