विराटनगर महानगरमा नेपाली कांग्रेसको अग्रता



असार १६, 

Congress-tree-flag

विराटनगर  मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। बिहीबार विहान ३ सय २० मत गन्दा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले १ सय ५२ मत ल्याएर अग्रता लिएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकालले ९७ मत ल्याएका छन्। उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले १ सय १६ र नेकपा एमालेको समर्थनमा नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ४८ मत पाएकी छन्। त्यस्तै प्रमुख पदमा संघीय समाजवादी फोरमका उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ४६ मत ल्याएकी छन्। विराटनगरमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धाम सहभागी भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्