स्मार्ट विद्यालयका लागी गोग्लीमा भोली देखि धार्मिक महोत्सब सुरु



अमिता चौधरी
दाङ ,१४ जेठ
स्मार्ट विद्यालय निर्माणर्थ लागी भोलीदेखि जेठ १५ गते घोराहीको डाडाँगाउँ गोग्लीमा आयोजना गरीएको शैक्षिक तथा धार्मिक महोत्सव २०७५ सुरु हुने भएको छ ।
मुल आयोजक समितीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी घोराहीको डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरमा रहेको मावि डाडाँगाउँ गोग्ली लाई स्मार्ट विद्यालय निर्माणर्थ शैक्षिक महोत्सव २०७५ सञ्चालन हुन थालेको हो । जेठ १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने घोराहीको डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सवको बारेमा जानकारी दिने उद्येश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा बिद्यालयको इतिहास ,विद्यालयको हाल गरीरहेका काम काम र धार्मिक महोत्सव सञ्चालन गर्नुको उद्येश्यको बारेमा जानकारी गराएको हो ।

महोत्सव मुल समितीका आयोजकले समितीका संयोजक खुशलराम शर्माको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको बारेमा जानकारी दिदै विद्यालयका प््रधानध्यापक शतिस आर्चायले विद्यालयको इतिहास पुरानो भएपनि समानुपातिक रुपमा विकास हुन नसकेको बताउनुभयो । २००८ सालमा स्थापना भएको विद्यालयले विभिन्न आरोह अबरोह पार गर्दे उच्च माध्यामिक तह सम्मको मान्यता प्राप्त गर्दै प्लस टु सम्मको कक्षा सञ्चालन गर्दै आएको उहाँले जानकारी गराउनु भयो ।

गत शैक्षिक सत्र देखि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयले अव नमुना विद्यालय सञ्चालनार्थ गर्न थालेको जानकारी दिनुभयो । मावि डाडाँगाउँ गोग्लीले आवश्यक पूवर्मधार तथा संरचनाहरु निमार्ण गरेर नमुना विद्यालय बनाउने उद्देश्यले सात दिन सम्म आयोजना गरीने शैक्षिक ताथा धार्मिक महोत्सवमा कथाबाचकको रुपमा माधुर्यबाचक बालकृष्ण अर्याल र गोविन्दशरण महायज रहनुभएको विद्यालय व्यवस्थापन समितिका संयोजक लोकराज पौडेलले बताउनुभयो छ ।

महोत्सबका लागी सम्मपूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको मुल आयोजक समितिका संयोजक शर्माले बताउनुभयो । महोत्सबका लागी प्रचारप्रसार , निमन्त्रणा पठाउने, शोभायात्रा र महोत्सकब स्थलको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । पत्रकार सम्मेलनको सञ्चालन मुल आयोजक समितिका सदस्य भोला अधिकारीले गर्नुभएको थियो । धार्मिक महोत्समा प्रत्येक दिन विहान ७ बजेदेखि पुजाअर्चन तथा पाठ पाराय , प्रत्येक दिन विहान १० बजे देखि ४ बजे सम्म कथा प्रवचन , झाँकी प्रदर्शन , प्रत्येक दिन बेलुका ७ बजे देखि १० बजे सम्म झाकी ,कथा प्रबचन भजनकृतन र प्रत्येक दिन बिहान ६ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चन तथा परिक्रमा कार्यक्रमहरु हुने महोत्सव मुल आयोजक समितिले बताएको छ ।

महायज्ञमा सहस शालिग्राम पुजा अर्चन , विराट धनधान्य महापर्व,पितृमुक्तिको पुजा राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन , श्रीमदभागवत कथा प्रबचन , गौदान ,रुद्रिपाठ, कलशयात्रा ,तुलादान , चौरासी ,पुजा , ब्रतबन्ध ,ग्रहशान्ति ,लाखबत्ति , प्रज्ज्वलन ,महालक्ष्मीको पुजा ,विवाह लगाएत धार्मिक पुजा सामाग्री पुस्तक एंम शैक्षिक सामाग्री प्रदर्शनी समेत हुने आयोजकले बताएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्