स्थानीय तहमा असारसम्म दरबन्दी अनुसार कर्मचारी खटाइने



सैघाली खबर
काठमाडौं,१४ जेठ

सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ । अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाउने सरकारले तयारी गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले करिब ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ति मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको छ । संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख ६ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्