शान्तिनगरमा झाडापखालाका बिरामीको संख्या १२ सय नाघ्यो



सैघाली खबर
दाङ,१४ जेठ
पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ मा शनिवारदेखी फैलिएको झाडापखालाले १ हजार २ सय भन्दा बढि बिरामी परेका छन् । केही बिरामी स्वास्थ्य चौकीमा नआई सिधै अस्पताल गएका र स्वास्थ्य चौकी आउने क्रम पनि जारी रहेकाले बिरामीको संख्या अझै बढ्न सक्ने शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिह डाँगीले बताउनुभयो ।

बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र उपचारमा कमि हुन नदिन गाउँपालिकाले नेपाली सेना १९ नम्बर बाहीनी अड्डाको १ र अन्यत्रबाट २ गरि ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । बिरामीको अवस्था बुझ्न राप्ती अञ्चल अस्पतालको विज्ञ चिकित्सकको टोलि शनिवार नै घटनास्थल पुगेको थियो ।

यस्तै घोराहीबाट पनि थप चिकित्सकको टोलि झाडापखालाको प्रकोप स्थल पुगेको छ । हिजो बिरामी भएका मध्ये ४३ जनालाई तुल्सिपुर स्थित लाईफ केयर अस्पतालमा रिफर गरिएको र बाँकी उपचार पछि घर फर्किएका शान्तीनगर स्स्थास्थ्य चौकीका प्रमुख हरी पुनले जानकारी दिनुभयो । उपचारका लागि अन्य स्वास्थ्यचौकीको पनि सहयोग लिइएको छ । गर्मियामसँगै इनारमा पानी सुक्दै गएपछि खोलाको पानी पाईपबाट ईनारमा भरेको र सोही पानीबाट गाउँमा झाडापखाला फैलिएको बताइएको छ । वडा नम्बर ३ को पातेटाकुरा, रसाल गाहाखोला, र वडा नम्बर ४ को माले चौतारा, कटबेरी टोल हिरापुर, गिधनिया गाउँका मानिसहरु झाडापखालाबाट बिरामी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्