मन्त्री गोकर्ण विष्टले हामीलाई साची बोलाएका रहेछन म्यानपावर व्यवासायी



काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायी विरुद्ध कडा रुपमा प्रश्तुत हुने संकेत गरेका छन् । आइतबार साँझ मन्त्रालयमा प्रमुुख म्यानपावर व्यवसायीलाई बोलाएर अब सरकार निर्मम रुपमा प्रश्तुत हुने चेतावनी दिएका हुन् ।

वैदेशिक रोजगार व्यवसायी पार्टीगत संगठनका अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा पूूर्व अध्यक्षलाई मन्त्रालयमा बोलाएर मन्त्री विष्टले अब म्यानपावरमाथिको कारबाहीमा केन्द्रित हुुने संकेत दिएका हुन् । व्यवसायी सँगको छलफलको सुुरुमै मन्त्री विष्टले भने, ‘तपाईंहरुको सल्लाह सुुझावका लागि बोलाएको हुँ, तर सबै मान्नैपर्छ भन्ने छैन, अब म निर्णय गर्दैछुु ।’

मन्त्री कडारुपमा प्रश्तुत भएपछि धेरै व्यवासायीले खुलेर कुरा राख्न सकेनन् । व्यवसायीको तर्फबाट बोर्डका सदस्य हेम गुुरुङले दूतावासबाट माग प्रामाणिकरण गराउँदा कामदारको तलव तोकिनुु पर्ने कुरा गरेको भन्दै यसलाई सहज बनाइदिन आग्रह गरे । पूर्व अध्यक्ष प्रेम कट्वालले यसअघि कार्यदलले समेत सुुझाव दिए अनुसार कामदारले पाउने एक महिनाको तलव सेवा शुल्क वापत लिन पाउनुपर्ने माग गरे ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले भने, ‘सिन्डिकेट अन्त्यका लागि मन्त्रीको कदम स्वागत योग्य छ, हामीले केहि सहयोग गर्नुपर्छ भने गर्छौं । तर तपाईंले भेद्भाव गरेर कारबाही गर्नुभएको छ यसलाई सच्याउनुहोस् । सबै व्यवसायीलाई समान व्यवहार गर्नुहोस् राजनीतिक रुपमा विभेद नगरियोस् । सिन्डिकेटधारीका पछाडी शक्ति छ भन्दैमा कारबाही नगरि छाड्नुभएन । निमुखालाई मात्रै कारबाही गर्नु भयो ।’

पूर्वअध्यक्ष ढकालले तत्कालिन एमाले निकटका व्यवसायीलाई कारबाही नगरेको संकेत गरे । उनले स्वास्थ्य व्यवसायीलाई मात्रै कारबाही नगरि यसका लागि स्वीकृति दिने मन्त्री, सचिव लगायत सरकारी कर्मचारी पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

व्यवासायीको तर्फबाट नेतृत्व गर्दै बोलेका ढकाल र मन्त्रीको केहि समय जुहारी नै चल्यो । ढकालले भने, ‘हामीलाई प्रहरीले कारबाही गर्न पाउँदैन, श्रम मन्त्रालय मातहतको विभागले गर्ने हो । अहिले तपाईंले प्रहरी परिचालन गर्नु भएको छ यसले राज्य आतंक सिर्जना भएको छ यसलाई तत्काल बन्द गर्नुस् । तपाईंलाई के विवरण चाहिएको हो भन्नुस् हामी उपलब्ध गराउँछौं । अनुुगमन गर्न विभागका कर्मचारी पठाउनुहोस् । आज पुलिस आउला, भोलि आर्मि आउला यो पारा ठिक भएन ।’मन्त्री विष्टले जवाफ दिए, ‘राज्यले आफ्ना जुनसुुकै निकाय पनि परिचालन गर्न सक्छ । सिन्डिकेटवाला कसैलाई पनि बाँकि राखिंदैन सहयोग गर्नुहोस् तर तपाईहरु पनि व्यवस्थित हुनुुपर्छ । १५ सय व्यवसायीको काम छैन । र विमलजीले भनेजस्तै पक्षपात हुँदैन, सबैलाई कारबाही गर्छु ।’पूर्वअध्यक्ष ढकालले दूतावासबाट माग पत्र स्वीकृत गराउने कुराले समस्या समाधानभन्दा पनि कर्मचारीले व्यापार गर्ने खतरा रहेको र धरौटी बढाएर पनि अहिलेको समस्या समाधान हुुन नसक्ने बताए ।त्यसपछि मन्त्रीले सुनाए, ‘म नाम लिन्न तर मलाई एक जना वैदेशिक रोजगार विज्ञले त म्यानपावर कम्पनीको धरौटी २० करोड पुु¥याउन सुुझाव दिएका छन् । ’‘माफ गर्नुस् मन्त्री ज्यू म ३० सेकेन्ड समय लिन्छुु’, व्यवसायी ढकालले भने, ‘नेपालमा वैदेशिक रोजगार विज्ञ नै छैनन् । विदेशबाट डलर ल्याएर बोल्नेहरु दलाल हुन् विज्ञ हैनन् उनीहरुका कुरा सुनेर जथाभावि निर्णय नगर्नुुहोस् । उनीहरु त यहाँ अस्तव्यस्त बनाएर बाहिरबाट डलर माग्ने र रोजिरोटी चलाउने मेलो मात्रै हो ।’

मन्त्री विष्टले पहिलो पटक म्यानपावर व्यवसायीसँग औपचारिक छलफल गरेका हुन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने दावी गर्दै आएका मन्त्रीले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न प्रक्रियाका नाममा ठग्नेलाई कारबाहीको दायरामा ल्याएको केहि दिनमै व्यवसायीलाई बोलाउन अर्थपूर्ण भएपनि खास कुनै निर्णय भएन ।

छलफलपछि एक व्यवसायीले भने, ‘अब म्यानपावरको धरौटी बढाउने र कारबाही थाल्ने योजना रहेछ, हामीलाई साची  बनाउन बोलाएका रहेछन् ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्