हेलो सरकारः सामुदायीक विद्यालयले नै चर्को शुल्क लिएपछि कसरी पढाउने बच्चाबच्ची ?



१४ जेठ

मंगलसेन

सरकारले निशूल्क शिक्षा घोषणा गरेपनि अछामका सामुदायी विद्यालयहरुले नै चर्को शूल्क असुल्दै आएको भेटिएको छ ।

विद्यालय स्तरको शिक्षा निःशूल्क सरकारले धेरै पहिले घोषणालाई चुनौती दिँदै सामुदायीक विद्यालयहरुले नीजि विद्यालय सरह शूल्क असुलिरहेका छन् ।

अभिभावकबाट आफूहरुले चर्को शूल्क तिर्न बाध्य भएको गुनासो आएपछि अखिल क्रान्तिकारीले केही विद्यालयहरुको अनुगमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले जिल्लाका बान्नीगढी, जयगढ गाउँपालिका ४, तिमिल्सेनस्थित अलकनन्दा मावि, कमल बजार नगरपालिका ५, कुइकास्थित महाकालिका मावि, विनायक पञ्चदेव नगरपालिकाका वडा नम्बर १ को जालेपेश्वरी, ३ को विद्यामन्दिर उच्च माविले पनि चर्को शुल्क असुल गरेको पाइएको धामीले जानकारी दिए ।

सचिव धामीका अनुसार विनायक पञ्चदेव नगरपालिकाको वडा नम्बर ७, पुल्लेतोलास्थित भवानी माविले पनि चर्को शूल्क असुल गरिरहेको गुनासो आएको छ । अनुगमन टोली पुल्लेतोला जाँदैछ ।

सोही नगरपालिकाको वडा नम्बर २ का सबै विद्यालयमा निशूल्क गरिएको पनि अनुगमनको क्रममा भेटिएको थियो । वडा अध्यक्ष पदमबहादुर धामीले नै वडाका सबै विद्यालयमा निःशूल्क शिक्षाको घोषणा गरेका हुन् ।

अलकनन्दा माविले कक्षा ६ को १ हजार ८ सय, कक्षा ९ को २ हजार १ सय ६० र कक्षा १०को २ हजार चार सय रुपैयाँ असुल गरिरहेको छ । विद्यालयका प्रअ नृप वडले शूल्क असुल गरेको स्वीकार गर्दै बाध्यताले लिनु परेको अनुगमन टोलीसँग बताए । यो शूल्क जिल्लाकै सबैभन्दा धेरै हो ।

शहर बजारका नीति विद्यालयजस्तै जिल्लाका सामुदायीक विद्यालयहरुले शूल्क असुल गरिरहेपनि स्थानीय जनप्रतिनिधिहरुले भने बेवास्ता गरेका छन् । चर्को शूल्क तिर्नु परेपछि थालेपछि अभिभाक भने आक्रोसित भएका छन् ।

अखिल क्रान्तिकारीले पहिलो चरणमा शुल्क नलिन आग्रह गरेको छ । त्यसलाई बेवास्ता गरेर शूल्क असुल गरिरहे अभिभावकको मागअनुसार संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने अखिल क्रान्तिकारी अछामले जनाएको छ ।

अावश्यक दरबन्दीको लागि सरकारबाटै सेवा सुविधा र भवनलगायतका शिर्षकमा करोडौ बजेट अाइरहेको छ तर अभिभावकबाट विद्यालयले चर्को शूल्क असुलिरहेका छन् । अछामका सामुदायीक विद्यालय भ्रष्टाचारका नयाँ अखडा भएको गुनासो अाइरहेको धेरै भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्