अभाव बढ्दै, स्रोत घट्दै



खानेपानी समस्या

गिरिराज नेपाली
दाङ , १४ जेठ । वर्षेनी खानेपानीको संकट बढ्दै गइरहेको छ । अव्यवस्थित वस्ती विकास, मुहान संरक्षण अभाव, बढ्दो उत्खनन र जलवायु परिवर्तनले वर्षेनी खानेपानीको संकट बढाउदै लगिरहेको छ, भने गर्मी संगै पानीका मुहान सुक्न थालेपछि खानेपानी अभाव बढ्न शुरु गरेको छ ।
गर्मी बढ्ेसंगै धारामा पानी आउन छोडेपछि घोराही उपमहानगरपालिका – १९ का सैघाका स्थानीयहरु पौने एक घण्टा हिडेर अर्का ठाँउवाट खानेपानी बोक्नुपर्ने दुख शुरु भएको स्थानीय चाम वहादुर सुनारले बताउनुभयो । अघिपछि विहान र साँझ आउने धाराको पानी गर्मीलागे संगै धारामा पानी आउन छोडेपछि अन्यत्र वाट पानी बोकी खानुपर्ने वाध्यता रहेको उहाँको भनाई छ । ‘पानी बोक्नका लागि काम छोडी एकजना घरमै बस्नुपर्ने वाध्यता छ । ’ – उहाँले भन्नुभयो खानेपानीको अभावले मान्छे छदैछ लालाबाला बचाउन पनि मुस्किल हुदै गइरहेको उहाँको भनाई छ ।

गर्मी बढेसंगै घरका कुवाँ र धारा सुक्न थालेपछि गाउँ भरी नै पानीको अभाव देखिन थालेको घोराही उपमहानगरपालिका १० नारायणपुरका विनोद आचार्यले बताउनुभयो । पानी सुक्दै गईरहेकाले खानेपानी किनेर खानुपर्ने वाध्यता शुरु हुन लागेको बताउनुभयो । खानेपानीको वर्षेनी हुने अभावले सास्ती दिइरहेको बताउनुभयो । राज्यले वर्षेनी दोहोरीरहने समस्याको विकल्प दिन नसक्दा आम नागरिक गर्मी संगै पानी अभाव व्यहोर्नु परेको उहाँले बताउनुभयो ।
बढ्दो शहरीकरण संगै भईरहेको अव्यवस्थीत वस्ती विकास, चुनढुङगा तथा खोलाजन्य क्षेत्रको बढ्दो उत्खनन्, मुहानहरु संरक्षणको अभाव र बढ्दो जलवायु परिवर्तनले वर्षेनी मुहान सुक्दै जानथालेकाले पानी अभाव वर्षैपिच्छे बढ्दै गइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सुचना अधिकारी तथा ईन्जिनियर तिलक न्यौपाने बताउनुभयो । दाङमा वर्षेनी करिव २ प्रतिशतका हिसावले पानी सुक्दै गईरहेका बताउनुभयो । दाङमा साना तथा ठूला आयोजनाहरु गरी करिव दुई सय खानेपानीका स्रोतहरु वर्षेनी सुक्दै जानथालेपछि अभाव बढ्दै पानी घट्दै गइरहेको न्यौपाने बताउनुभयो । उहाँले भन्नुभयो ‘दाङ बचाउन उत्खनन् रोक्नु पर्छ, होईन दाङले खानेपानी हाँहाँकार भोग्नुपर्ने अवस्था आउने छ । ’

दाङमा दैनिक करिव दुई करोड ७६ लाख लिटर खानेपानी आवश्यक रहेपनि आवश्यक परे पनि हाल करिव साढे पाँच लाख लिटर पानी मात्रै पूर्ति भइरहेको बताउनुभयो । करिव ६९ लाख लिटर पानी अझै अभाव रहेको उहाँले बताउनुभयो । कुल जनसख्या मध्ये २५ प्रतिशत नागरिक स्रोत अभावकै कारण खानेपानी नपाएको उहाँले बताउनुभयो । जसका लागि बैकल्पीक स्रोत व्यवस्थापन जोहो गर्न नसक्दा खानेपानीको समस्या अझ बढ्दै गइरहेको उहाँले बताउनुभयो । पानीको अभाव गाउँमा भन्दा शहर वढिरहेकाले त्यसको व्यवस्थापनका उपभोक्ता समिति र खानेपानी संस्थाहरु नै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । गाउँमा कुनै न कुनै विकल्पले जोहो चलेपनि शहरमा पानीको कुनै विकल्प नरहेकाले त्यस तर्फ गम्भिर हुनुपर्ने उहाँले बताउनुभयो । बढ्दो आधुनिक पूर्वाधार विकसा जमिन ‘रिचार्ज’ हुन नसक्दा पनि पानीको स्रोत वर्षेनी घट्दै गइरहेका उहाँले बताउनुभयो ।

पानीका मुहान रहेका खोलाहरुको उत्खनन नियन्त्रण, वस्ती व्यवस्थापन, प्रत्येक क्षेत्रमा जलाशय निर्माण र आकाशेपानीको उचित संकलन र व्यवस्थापन गर्न सके खानेपानी अभाव वाट जोगिन सकिने सुचना अधिकारी न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उत्खनन्ले पानी पतालिदै गईरहेका छ, अभाव चुलिरहेको छ । समयमा पानीका मुहानहरु बचाउन नसकेमा केही वर्षमै दाङमा खानेपानीको चरम संकट उत्पन्न हुन हुन सक्ने सम्भावना चुलिदै गइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्